२०७७ माघ ९, शुक्रबार १४:१९

धनुषा प्रहरीले अवैघ भन्सार छलि ल्याएका १९ लाखभन्दा बढिको सामानहरु नियन्त्रणमा लिएको छ । धनुषाको धनौजी गाउँपालिका वडा न १ बाट अबैध भन्सार चोरी निकास गरी ल्याइएका करीब ५ लाख ५० हजार बरावरको ट्रेक्टरको पार्टपुर्जाहरु बरामद गरेको छ । बरामद भएका सामानहरु प्रहरीले जनकपुर भन्सार कार्यालय धनुषामा पठाएको छ ।

त्यस्तै, ईलाका प्रहरी कार्यालय दुहवी धनुषाबाट खटिएको प्रहरी गस्ति टोलिले जिल्ला धनुषा बिदेह नगरपालिका वडा न. २ दुहबीबाट अबैध भन्सार चोरी निकाशी गरि ल्याएका करीब ७६ हजार ७०० मुल्य बरावरको लत्ताकपडाहरु बरामद गरि आश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषामा पठाएको छ ।

त्यस्तै, ईलाका प्रहरी कार्यालय खजरी धनुषाबाट खटिएको प्रहरी गस्ति टोलिले धनुषाको बिदेह नगरपालिका वडा न. १ ठाडीबाट लालबावु पंजियारको घरमा नुकाएर राखेको अबैध भन्सार चोरी निकाशी गरि ल्याएका करीब १३ लाख ३२ हजार २०० मुल्य बरावरको लत्ताकपडाहरु बरामद गरि आश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषामा पठाएको छ ।

Comment

Related News

Latest News

Trending News