अपडेट 
२०७७ माघ ९, शुक्रबार १९:१६

लालगढ । श्री हिमालय युवा क्लव नक्टाझिज र श्री हिमालय बहु उद्देश्य सहकारी संस्था लि.मिथिला नगर पालिका–२ नक्टाझिजको वार्षिक साधारण सभाको अवशरमा शुक्रवार सरसफाई कार्यक्रम गरिएको छ । विश्वकर्मा चौकमा शुक्रवार विहान सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

माघ ५ गते देखि सञ्चालन गरिएको सताव्यापी कार्यक्रम अन्र्तगत पहिलो दिन विहान श्री हिमालय युवा कल्वको खेलमैदानमा छात्रा÷छात्र दौड प्रतियोगिता सम्पन्न गरेका थिए । दास्रो दिन श्री राम जानकी विद्या आश्रम नक्टाझिजको प्राङ्गणमा चित्रकला प्रतियोगिता गरेका थिए । श्री जनता माध्यमिक विद्यालय नक्टाझिजको प्राङ्गणमा ७ गते हाजिरीजवाफ प्रतियोगिता गरेको थियो । ८ गते विहान पाँचौ दिन मिथिला नगर पालिका–२ को विश्वकर्मा चौकमा बृक्षारोप्न गरेका थियो भने १० गते छठौ दिन साधारण सभा , रक्तदान कार्यक्रम ,साँस्कृतिक कार्यक्र र विजेताहरुको पुरस्कार वितरण गर्ने भएका छन् ।

११ गते सातौ दिन विहान सात वजे समिति चयन गरी सम्पन्न गर्ने  हिमालय युवा क्लवको अध्यक्ष अरुण कुमार महतोले जानकारी दिएका छन् । शुक्रवार भाएको सरसफाइ कार्यक्रममा वडा अध्यक्ष बिहारी महतो,  हिमालय युवा क्लवका अध्यक्ष अरुण कुमार महतो, सचिव शिवकुमार सिंह हिमालय बहु उद्देश्य सहकारी संस्था लि.अध्यक्ष सत्य नारायण राय,  विभिन्न संघ,संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको हिमालय यूवा क्लवका अध्यक्ष अरुण कुमार महतोले बताएका छन् । सामाजिक, धार्मिक, खेलकुद लगायतको कार्य र विकासमा क्रियाशिल हिमालय युवा क्लव नक्टाझिजले रचनात्मक मूलक कार्यक्रम गर्दै आइरहेका छन् ।

Comment


Related News

Latest News

Trending News