अपडेट 
२०७७ माघ १०, शनिबार ०७:५६

प्रदेश २ को लोकसेवा आयोगले पालिकाहरुसित कर्मचारीको अवस्था र पुर्ती गर्नुपर्ने कारण लगायतका विषयमा छलफल थालेकोछ ।

कानुन अनुसार पालिकामा कर्मचारी आपूर्ती प्रदेशले गर्नुपर्नेछ ।प्रदेश २ सरकार र प्रदेशमा रहेका पालिकाहरुमा कर्मचारीहरुको चरम अभाव रहेको छ । कर्मचारी अभावको कारण प्रदेश सरकार र पालिकाहरुले अत्यावश्यक कामकाज समेत गर्न नसकेको दुखेसो सुनिन्छ । प्रदेश लोकसेवा आयोगले कर्मचारीहरुको अवस्थाको विषयमा पालिकाहरुसित प्रत्यक्ष संवाद थालेकोछ ।लोकसेवा आयोगका प्रमुख सहित आयुक्तहरु पहिलो चरणमा तीन जिल्लालाई लक्षितगरि संवाद थालेकोछ ।

‘पहिलो चरणमा सप्तरी, सिरहा र धनुषा जिल्लामा आयोगको टोली स्थलगत रुपमा वस्तुस्थिति बुझ्ने काम थालेकोछ’प्रदेश लोकसेवा आयोगका आयुक्तm महारुद्र झाले भने, पालिकाहरुमापनि कर्मचारीको समस्या देखिएकोछ । प्राविधिक र श्रेणीविहिन कर्मचारीहरु करारमा बहालगरि काम गरेपनि कर्मचारीहरुको अभाव रहेको उनले बताए ।

‘कर्मचारी नहुँदा पालिकाहरुलाई काम गर्न कठिनाइ भएको देखिएकोछ’ उनले भने, कर्मचारी अभावमा कयौं महत्वपूर्ण कार्यहरु समयमा अगाडी बढन सक्दैन् । प्रदेश लोकसेवा आयोगले कामथालनी गरिसकेको छ ।गत वर्ष गठन भएको लोकसेवा आयोगले प्राविधिक पदहरुमा सार्वजनिक विज्ञापन गरेकोछ । आयोगको विश्वसनियता र परीक्षाको मर्यादालाई उच्च प्राथमिकतामा राखिएकोछ ।प्रदेश लोकसेवा आयोगले विस्तारै प्रदेश र पालिकाहरुमा कर्मचारी आपूर्तीका लागि विज्ञापन प्रकाशन गर्ने आयुक्त झाले बताए ।

प्रदेश लोकसेवा आयोगमापनि आवश्यक संख्यामा कर्मचारी रहेको छैन् ।प्रमुख आयुक्त र आयुक्तहरु स्वयं नै स्थलगत रुपमा खटिरहेका छन् । आयुक्त झा विहिवार लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष बिन्देश्वर यादव, प्रमुख प्रशासकिय अधिकृत हरिशंकर यादव लगायतका पदाधिकारी र कर्मचारीहरुसित छलफल गरे ।छलफलको क्रममा कर्मचारीको समस्यालाई समाधान गर्न आयोगको सहयोग लिने बताइएको थियो ।

Comment


Related News

Latest News

Trending News