अपडेट 
२०७७ माघ १०, शनिबार ०८:३१

कोरोना भाइरसविरुद्धको खोप लगाउने स्वास्थ्य संस्थाका व्यक्तिहरुको विवरण आजसम्ममा सूचीकृत गर्नुपर्ने भएको छ ।

खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको र आजसम्ममा १ लाखभन्दा धेरै व्यक्ति सूचीकृत भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि सङ्घ, प्रदेश र पालिकामा सूचीकृत भएका सबै प्रकारका स्वास्थ्य संस्थालाई मन्त्रालयको वेबसाइटमा लगइन गरी तोकेको ढाँचामा विद्युतीय प्रणालीमा दुई दिनभित्र पठाउन मन्त्रालयले निर्देशन दिइएको थियो ।

स्वास्थ्य संस्थामा कार्यरत कोरोनाको सङ्क्रमण व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, पालिकामा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीको सूचीसम्बन्धित संस्था प्रमुखद्वारा प्रमाणित गरी मन्त्रालयको विद्युतीय प्रणालीमा पठाउनुपर्ने मन्त्रालयका डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।  भारत सरकारले कोभिड–१९ विरुद्धको खोप कोभिशिल्ड अस्ति बिहीबार १० लाख मात्रा सरकारलाई उपलब्ध गराएको छ । सरकारले पहिलो खोप लगाउने प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा काम गरेकाहरूलाई राखेको छ ।

Comment


Related News

Latest News

Trending News