अपडेट 
२०७७ माघ ११, आईतवार १४:४४

जनकपुरधाम उप–महानगरपालिका–२१ कुर्थाका ५ सय ७२ जनालाई लालपूर्जा वितरण गरिएको छ । तत्कालिन कुर्था गाविस तथा वर्तमान वडा २१ को कार्यालयमा उनीहरुलाई लालपूर्जा वितरण गरिएको हो ।

लालपूर्जा वितरण कार्यक्रमलाई सम्वोधन गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले इन्चको झण्झट त्यागेर लालपूर्जा कसरी पाउँन सकिन्छ त्यस तिर केन्द्रीत हुन वडाबासीहरुलाई आग्रह गरेका छन् । उनले इन्चका कारण लालपूर्जावाट विहीन हुनु पर्ने अवस्था नआओस र सरकारी कर्मचारीहरुलाई सहयोग गर्न उनले स्थानीयबासीहरु संग आग्रह गरेका थिए ।नापी कार्यालय धनुषाका प्रमुख सुमन मिश्रको अध्यक्षतामा भएको सो समारोहमा मेयर साहले १० बर्ष पहिले नापी भई सकेको गाउँ व्लकको लालपूर्जा धनीले पाउँनु समान्य कुरा नरहेको र नेपाल सरकार तथा नापी कार्यालयलाई धन्यवाद दिन आग्रह गरेका थिए । गाउँघरमा अहिले पनि इन्च इन्चको विवाद भई रहने भएका कारण नापीका कर्मचारीहरुलाई ठूलो समस्या आउने भएका कारण कर्मचारीको सहजताकोलागि समान्य विवाद त्यागि उदारता देखाउन आग्रह गरे ।‘आपसी विवाद त्याग गरि सद्भाव कायम गरि लालपूर्जा पाउन तिर अग्रसता देखाउनुस’, मेयर साहले भने–‘जनकपुरधाममा रहेका ग्रामीण वडाको विकास निर्माणकालागि जनकपुरधाम उप–महानगरपालिका तत्पर रहेको छ यसमा पनि स्थानीयबासीहरुको सहयोग चाहिएको छ ।

जुन प्रकारले विगतमा सहयोग भएको छ त्यस अनुरुपनै सहयोग पाउनेमा आफु विश्वस्त छौं ।’जनकपुरधाम–२१ कुर्थामा विकास निर्माणकालागि स्थानीयबासी राजनीति भन्दा माथि उठि सेकेको भन्दै अन्य वडाबासीहरुलाई पनि विकास निर्माणमा अग्रसरता देखाउन उनले आग्रह गरेका थिए । राजनीति अस्थायी सत्ता रहेपनि कर्मचारी तन्त्र भने स्थायी सत्ता रहेको र यसमा तपाईहरुको अग्रसरतानै कर्मचारी तन्त्रलाई पनि झुकाउन सक्ने शक्ति रहेको बताएका थिए ।

Comment


Related News

Latest News

Trending News