अपडेट 
२०७७ माघ ११, आईतवार १५:५८

सरकारले कोरोनाभाइरस विरुद्धको कोभिशिल्ड खोप १४ गतेदेखि दिन सुरु गर्ने भएको छ ।

कोरोनाविरुद्धको खोप अभियान १४ गते अर्थात  बुधबार  १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल मध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयका सह—प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले बताए । भारत सरकारले अनुदान सहयोगमा दिएको १० लाख डोज खोप नेपाल सरकारले पहिलो चरणमा फ्रन्टलाइनमा रहेका कर्मचारीहरुलाई लगाइने निर्णय गरेको हो । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भएको छलफलमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले १४ गते खोप कार्यक्रम सञ्चालन गर्ने बारे छलफल गरेका छन् । सरकारले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने भएको छ ।

Comment


Related News

Latest News

Trending News