अपडेट 
२०७७ माघ १२, सोमबार ०८:०७

नेपाल पत्रकार महासंघ रौतहट शाखाका साधारण सभा सदस्य रविन्द्र मंडललाइ ५१ हजार रुपैया नगद सहयोग प्रदान गरिएको छ ।

माघ ९ गते संपन्न भएको शाखाको ११ औ साधारण सभाबाट दुर्घटनामा परी लामो समय देखि उपचारार्थ रहेका पत्रकार मंडललाइ आर्थिक सहयोग गर्ने गरिएको घोषणा अनुसार आइतवार उहाको घरमा गएर नगद सहयोग तथा २० वर्ष पत्रकारिता गरेको वापतमा सम्मान समेत गरिएको हो । नेपाल पत्रकार महासंघ रौतहटको २०५७ सालमा भएको स्थापना देखि पत्रकारितामा रहेका मंडललाइ महासंघबाट दोसल्ला ओढाएर सम्मानित गरिएको छ । दुर्गा भगवती गाउपालिकाका अध्यक्ष अरुण साहले घोषणा गरिएको ५१ हजार रुपैया मंडलको हातमा दिएको महासंघका सचिव गौतम श्रेष्ठले जानकारी दिनु भएको छ । शाखाले २० वर्ष सम्म पत्रकारिता गर्नेलाइ सम्मान गर्ने गरेको निर्णय अनुसार सचिव गौतम श्रेष्ठले मंडललाइ सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गर्दै स्वास्थ्य लाभको कामना समेत गरेका छन ।

काठमांडू जाने क्रममा भएको सवारी दुर्घटनामा सिकिस्त रुपमा घाइते भएका मंडल अहिले सम्म उपचार कै क्रममा रहेका हुन । नशामा जटिल समस्या भएको कारण ऊनि पूर्ण रुपमा स्वास्थ्य हुन सकेका छैन ।

Comment


Related News

Latest News

Trending News