अपडेट 
२०७७ माघ १२, सोमबार ०८:३२

जनान्दोलन–२ को सफलतापश्चात् देशको राष्ट्रिय राजनीतिमा धेरै परिवर्तन भयो । एक दशकसम्म सशस्त्र सङ्घर्ष गरेको नेकपा माओवादी पार्टीले शान्तिपूर्ण राजनीतिमार्फतराष्ट्रिय राजनीतिको मूलधारमा आपूmलाई प्रवाहित गर्न सहमति व्यक्त ग¥यो भने २४० वर्ष पुरानो राजसंस्थाको इतिहास बोकेको नेपालले गणतन्त्र आत्मसात् ग¥यो । हिन्दू राष्ट्रको रूपमा विश्वमैं ख्यातिप्राप्त गरेको नेपालले धर्मनिरपेक्षता स्वीकार ग¥यो भने २०६४ सालको मधेस आन्दोलनका कारण देशको अन्तरिम संविधानमा संशोधनपश्चात् सङ्घीयता स्वीकार गरियो । २०६४ सालको मधेस आन्दोलनका कारण देशको राजनीतिमा नया“नया“ अभियन्ताहरू आपूmलाई मधेसी आन्दोलनका एक मात्र सच्चा नेतृत्वकर्ताको रूपमा परिभाषित गर्न थाले । जबकि २००९÷०१० सालतिर नै कुलानन्द झा एवं रामजनम तिवारी जस्ता नेताहरूले तराई काङ्ग्रेसको स्थापना गरी मधेसको समस्या उठाउने काम गरिसकेका थिए ।

सङ्घीयताको मुद्दालाई पनि तराई काङ्ग्रेसले २००९ सालमा नै उठाएको थियो । २०१५ सालको आम निर्वाचनमा त्यस पार्टीको प्रमुख राजनीतिक मुद्दा नै सङ्घीयता थियो । २०४६ सालको परिवर्तनपछि गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना पार्टीको स्थापना गरे तथा नागरिकता आरक्षण (समानुपातिक समावेशिता), सङ्घीयता, नेपाली सेनामा समावेशीकरण, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको गठन तथा सबै भाषा एवं संस्कृतिले राजकीय संरक्षण पाउनुपर्ने मुद्दा उठाएका थिए । गजेन्द्रनारायण सिंहले उठाएका मुद्दाहरूभन्दा फरक तथा थप विषयलाई कुनै पनि नया“ मधेसवादीहरूले उठाएका छैनन् । गाउ“, समाज एवं राष्ट्रको निम्ति आप्mनो जीवन तथा सर्वस्वलाई समर्पित गर्ने वीर सपूतहरू मरेर गए पनि समय–समयमा श्रद्धा एवं आदरका साथ स्मरण गर्ने गरिन्छन् । नेपाली राजनीतिको क्षितिजमा उदाएका एक यस्तै ताराको रूपमा गजेन्द्रनारायण सिंहलाई पनि स्मरण गर्न सकिन्छ ।

उन्नाइस वर्ष अघि उनको निधन हु“दा देशको राष्ट्रिय राजनीतिमा अशान्ति, असुरक्षा एवं अस्थिरता व्याप्त थियो तर उनी जस्ता नेताहरूकै निरन्तरको त्याग एवं समर्पणको कारण देश निरन्तर अग्रगमनको बाटोमा लम्किरहेको छ । इमानदारिता, त्याग, समर्पण, सहिष्णुता एवं लोकतन्त्रको उच्च आदर्शलाई आत्मसात् गर्दै देशमा सामाजिक न्याय स्थापनाका निम्ति उनले चलाएका अहिंसक एवं शान्तिपूर्ण आन्दोलनका कारण उनले चर्चामा ल्याएका समानता तथा सामाजिक न्यायलगायत क्ष्ँेत्रमा उल्लेखनीय परिवर्तन भएको छ । देशमा सङ्घीयताको स्थापना हुनुमा उनको पनि भूमिका महŒवपूर्ण रहेको मान्नुपर्दछ । भौतिकरूपमा उनी मरेर गए पनि देशको राष्ट्रिय राजनीति अहिले पनि उनले उठाएका राजनीतिक मुद्दाहरूकै वरिपरि केन्द्रित छ भन्दा अतिशयोक्ति नहोला । सप्तरीको एक उच्च मध्यमवर्गीय किसान परिवारमा जन्मेका गजेन्द्रनारायण सिंह, लोकतन्त्र, सामाजिक, न्याय तथा समानताको निम्ति आप्mनो सम्पूर्ण जीवन समर्पित गरेका थिए ।

उनको निधन भएको उन्नाइस वर्ष बितिसकेको छ । सैद्धान्तिक राजनीतिमा विश्वास राख्ने गजेन्द्रनारायण सिंह राजनीतिलाई विशुद्ध समाजसेवाको पवित्र माध्यम मान्दथे । भ्रष्टाचार एवं अनियमितताको आरोपबाट मुक्त उनीजस्ता नेताको राजनीतिक यात्रा तथा उच्च विचार वर्तमान पुस्ताको निम्ति प्रेरणाको स्रोत हुन सक्दछ । गजेन्द्रनारायण सिंह बाचुन्जेल मधेसवाद भन्ने शब्दको प्रयोग देशको राजनीतिमा भएको थिएन । उनी परिवारवाद, जातिवाद, भ्रष्टाचार एवं अवसरवादका घोर विरोधी थिए । वर्तमान अवस्थामा गजेन्द्रबाबूद्वारा स्थापित राजनीतिक पार्टीको नाम चुनाव चिह्न, झन्डा तथा कमोवेश उपरोक्त सिद्धान्तलाई समेत तिलाञ्जली दिने काम भइसकेको छ । सालिक र फोटोमा उनी सीमित भइसकेका छन् । गजेन्द्रनारायण सिंहको विचार एवं सिद्धान्त आत्मसात् गर्नु सहज कुरा होइन । उनको नाम र फोटो अब पद एवं सत्ताको भागबन्डाको निम्ती बार्गेनिंग गर्ने हतियारको रूपमा विकसित भइरहेको छ ।

विद्यालयस्तरको अध्ययनका बखत नै दक्षिणी छिमेकी राष्ट्र भारतमा जारी स्वाधीनता प्राप्तिको आन्दोनल तथा स्वयं आप्mनो देशमा पनि जारी राणाविरोधी आन्दोलनको गहिरो प्रभाव उनको मन–मस्तिष्कमा परेका कारण उनले आपूmलाई पनि आन्दोलनमा होमी दिए । राणाविरोधी आन्दोलनमा सहभागी हुन उनलाई विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शम्शेर आदि नेताहरूले प्रेरकको काम गरेका थिए । नेपाली राजनेताहरूमा सुवर्ण शम्शेरबाट उनी सर्वाधिक प्रभावित थिए । राजविराजस्थित गजेन्द्रबाबूको निवास सप्तरी सेवा आश्रममा प्रत्येक वर्ष सुवर्ण जयन्ती धूमधामका साथ पर्वको रूपमा मनाउने गरिन्थ्यो । नेपाली काङ् ग्रेस सप्तरीको जिल्ला अध्यक्षसमेत रहिसकेका गजेन्द्रबाबूले आप्mनो जीवनको अधिकांश समय (तीन दशकसम्म) नेपाली काङ्ग्रेसमैं बिताए ।

नेकामा रहेर हतियार उठाउनुदेखि जेलनेलको कठोर यात्रा एवं निर्वासनसमेत भोगे । उनी जेलमैं हु“दा उनकी आमाको निधन भएको थियो तथा जेलमै हु“दा एकमात्र पुत्रको पनि निधन भएको थियो । उनी सन्तानविहीन भएर बा“चे । विसं २०४० सालमा जनसङ्ख्याविद् डा. हर्कबहादुर गुरुङको बसाइ“सराइ सम्बन्धी जनसङ् ख्या प्रतिवेदन चर्चामा आएपछि त्यसको विरोध गर्न उनले मातृपार्टी नेपाली काङ्ग्रेस परित्याग गरे तथा नेपाल सद्भावना परिषद् नामक सामाजिक सड्डठन खोलेर पर्सा, वीरगंजका पुराना मधेसी नेता रामजनम तिवारीलाई त्यसको संयोजक बनाएर गोप्यरूपमा मधेसका बुद्धिजीवीहरूस“ग सम्पर्क एवं सहकार्य गर्न थाले । अन्ततः प्रतिवेदन कार्यान्वयनमा आउन सकेन । २०४३ सालमा उनी तत्कालीन संसद् (राष्ट्रिय पञ्चायत)को सदस्यमा सप्तरीबाट ठूलो मतसहित विजयी भए । राष्ट्रिय पञ्चायत सदस्यको रूपमा राजसंस्थाको प्रशंसा गरे पनि आप्mनो प्रत्येक भाषणमा मधेसी समस्यालाई उठाउने गरे । गजेन्द्रनारायण सिंहले वि.सं. २०४६ सालको परिवर्तनपछि नेपाली सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीमा परिणत गरे र त्यसको अध्यक्ष भए ।

लगातार तीनपटक उनी पार्टी अध्यक्ष निर्वाचित भए । उनी बा“चुन्जेल नेकपा माओवादीको सशस्त्र सङ्घर्षलाई राजनीतिक समस्याको रूपमा परिभाषित गरे । जति बेला सरकारले माओवादीका नेताहरूलाई आतड्ढकारी घोषित गरी तिनका टाउकोको मूल्य तोकेको थियो, उनले माओवादी आन्दोलनलाई भोक, गरिबी, बेरोजगारी, अशिक्षा एवं पछौटेपनका कारण उत्पन्न राजनीतिक समस्याको रूपमा विश्लेषण गरेका थिए । माओवादी समस्याको समाधान शान्तिपूर्ण वार्ताको माध्यमबाट हुने उनको अडान अन्ततः सत्य साबित भयो । भारतस“ग विशेष सम्बन्धको वकालत गर्ने गजेन्द्रनारायण सिंह नेपाल–भारत सम्बन्धलाई अवसरको रूपमा विकसित गर्ने वकालत गर्दथे । एक अध्ययन अनुसार नेपालले सन् २०४५ सम्म बिजुली बेचेर प्रतिवर्ष १० खर्ब ६९ अर्ब रुपिया“ कमाउन सक्नेछ ।

गजेन्द्रनारायण सिंहले दुई दशक अघि नै भनेका थिए कि हामीले आप्mनो जलसम्पदाको सदुपयोग गर्ने हो भने देशको पानीलाई ‘वाटर डलर’ को रूपमा विकसित गर्न सक्छौं । अरब राष्ट्रहरू आप्mनो सम्पदा पेट्रोलियम पदार्थको सदुपयोग गरेर ‘पेट्रो डलर’ कमाएजस्तै नेपालले पनि ‘वाटर डलर’ कमाउन सक्ने विश्लेषण उनको थियो । २०४७ साल वैशाख पहिलो साता नेपाल सद् भावना पार्टी स्थापना गरेका उनले आप्mनो पार्टीको प्रमुख एजेन्डा नागरिकता, आरक्षण (समानुपातिक समावेशिता), जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको गठन तथा सङ्घीयता अघि सारेका थिए । उनी बा“चुन्जेल उपरोक्त राजनीतिक मुद्दाले देशमा व्यापक चर्चा पाए पनि समाधान हुन सकेको थिएन । नेपालजस्तो बहुजातीय, बहुभाषी एवं विभिन्न संस्कृति भएको मुलुकमा सबै जातजाति एवं भाषाभाषीले आप्mनो भाषा एवं संस्कृति विकासको निम्ति राजकीय संरक्षण पाउनुपर्ने उनको मान्यता थियो । भाषा एवं संस्कृतिको मान्यताको क्षेत्रमा धेरै हदसम्म काम पनि भएको छ भने भाषा आयोगको प्रतिवेदनपछि भाषा समस्या पनि समधान हुने ठम्याइ विश्लेषणकहरूको छ ।

उनले साढे दुई दशकअघि शुरु गरेको समतावादी आन्दोलन अब लक्ष्यसम्म पुग्ने अवस्थामा आइसकेको छ । उनको निधनपश्चात् देशमा अनेकौं मधेसवादी दलहरू अस्तित्वमा थिए । उनले खोलेको नेपाल सद् भावना पार्टी विभिन्न टुक्रामा विभाजित भई अब इतिहासको दुःखद अध्यायमा परिणत भएको छ । उनको निधनपश्चात् मधेसमा अनेकौं पार्टी खुले तर पा“च वर्षसम्म कुनै पनि मधेसवादी पार्टी एकजुट रहन सकेन । गजेन्द्रनारायण सिंहको निधन हु“दा उनको बैंक खातामा सा¥है न्यून रकम थियो । उनले चढने गाडी पनि अरूकै नाममा दर्ता रहेको कारण त्यो पनि उनको परिवारको हुन सकेन । वि.सं. २०५१ सालको मध्यावधि निर्वाचनको खर्च धान्न नसकी उनले आपूm चढने गाडी बेच्नुपरेको थियो । दुई वर्षपछि मात्र उनले नया“ गाडी खरिद गर्न सके । उनले काठमाडौंसहित देशको कुनै पनि बजारमा घरजग्गा खरिद गरेका थिएनन् । राजविराजको सेवा आश्रममा पनि टीनकै छाना थियो ।

गजेन्द्रनारायण सिंहले आप् mनो पार्टीको अभिवादनको नारा पनि ‘जय मातृभूमि’ रोजेका थिए । स्पष्टतः यो मातृभूमि नेपालको जयकार हो । उनी राष्ट्रप्रति समर्पित थिए । उनको निम्ति राष्ट्र सर्वाेपरि थियो । मधेसी समस्याको समाधान पनि उनले नेपालको भूगोलभित्रै खोजेका थिए । उनी मूल्य, मान्यता एवं निष्ठामा आधारित राजनीतिमा विश्वास गर्दथे । राजनीतिमा परिवारवादका उनी घोर विरोधी थिए । गजेन्द्रनारायण सिंहको त्याग, समर्पण एवं सैद्धान्तिक प्रतिबद्धता उच्च कोटीको भएर नै आज पनि राष्ट्रियस्तरमा उनको चर्चा छ ।

Comment


Related News

Latest News

Trending News