अपडेट 
२०७७ माघ १३, मंगलवार ०७:५७

बाराको सिमरामा संञ्चालित जगदंम्बा स्टिल उद्योगका कारण सर्बसधारणको घरमा रुवाबासी चल्ने गरेको छ ।

उद्योगबाट निस्कने धुवा, धुलो , धक्कड ले बर्षौ देखि यस क्षेत्रका बासिन्दाहरुको घर चर्कने र बिभिन्न किसिमको घातक रोग लाग्ने गरेको पिडितहरुको गुनासो छ ।हाल उद्योग बिस्तारको क्रममा बस्तिको दुबैतिर बाट बिभिन्न किसिमको प्लान्टहरु जडान गरेपछि स्थानियहरु मmनै मारमा परेका छन् ।उद्योगका चेपुवामा परेका स्थानियहरुको समस्या सरकार र सरोकारवाला निकायहरुले सुल्झाउनुको सट्टा अल्झाएको स्थानिय बलराम श्रेष्ठले गुनासो गर्नुुभयो ।उद्योगकै कारण आफनो परिवार बिरामी भएकाले आफनो घर कौडिको भाउमा बेचेर परिवारको उपचार गरेर बस्ति छोडन बाध्य भएको पिडित श्रेष्ठले दुुखेसो गर्नुुभयो ।स्थानियबासिहरुको समस्यालाई लिएर पटक, पटक स्थानिय सरकार बन तथा बाताबरण बिभागमा जाहेरि गरेपनि कहिकतै सुनुवाई नभएको कारण आफु जस्ता पिडितहरु बिस्थापित हुनुुपर्ने बाध्यता रहेको श्रेष्ठको भनाई छ ।

जगदंम्बाको भट्टि बेलाबेलामा पडकिरहने र घर थर्कि रहने भएकोले आफनो घर चर्केको कारण उद्योगमा जानकारी गराउँन जादा उद्योगका पवन अग्रवालले गालि गरेर हप्काउँने गरेको अर्का पिडित सुनिल महत्तोले दुखेसो गर्नुुभयो ।

Comment


Related News

Latest News

Trending News