अपडेट 
२०७७ माघ १३, मंगलवार ०८:००

महोत्तरीको गौशालामा प्रथम शहिद शेखर स्मृति नकआउट फुटवल शुरु भएको छ ।

गौशाला नगरपालिका–८ बेलगाछीको खेलमैदानमा सोमबार देखि प्रथम शहिद शेखर स्मृति नकआउट फुटवल शुरु भएको हो । गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले खेलको उदघाटन गरेका थिए । खेलको उदघाटन गर्दै मेयर महतोले शहिदहरुको स्मृतिमा नगरपालिकाले ट्रष्ट निर्माण गर्ने बताए । शहिदहरुको सम्मानमा ट्रष्ट स्थापना गर्न आग्रह गर्दै नगरप्रमुख महतोले ट्रष्ट १० लाख बराबरको रकम सहयोग गर्ने प्रतिवद्धता जनाए । खेलकुदमा हारजित निश्चित रुपमा हुने भएकोले अनुशासित, मर्यादित र नियमपुर्वक खेल खेल्नका लागि आग्रह गरे । महतोले युवाहरुको सहयोगका लागि नगरपालिका हरपल तयार रहेको बताए ।

Comment


Related News

Latest News

Trending News