अपडेट 
२०७७ माघ १३, मंगलवार ०८:०४

संसद पुर्नस्थापना हुने वा निर्वाचन हुने विषय सर्वोच्च अदालतको संवैधानिक ईजलासमा बहसको क्रममा रहेको अवस्थामा जिल्ला निर्वाचन कार्यालय धनुषाले निर्वाचनको तयारी थालेको छ ।

जिल्ला निर्वाचन कार्यालय धनुषाले निर्वाचन आयोगको निर्देशन अनुसार निर्वाचनको तयारी थालेको जिल्ला निर्वाचन अधिकारी पुष्पा कुमारी झाले बताईन् । गत ५ पुसमा पार्टीको आन्तरिक विवादका कारण काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको निर्वाचनको घोषणा गर्दै ससद विघटनको सिफारिस राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष गरेका थिए । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समुहसहित विभिन्न राजनीतिक दलहरुले विरोध गर्दै आएपनि सरकारले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग चुनावको तयारीमा जुटेको हो । धनुषामा ३ सय २५ मतदान स्थलको सिफारिस गरि निर्वाचन आयोगमा पठाइएको जिल्ला निर्वाचन अधिकारी झाले बताईन् ।

२०७४ सालको निर्वाचनमा धनुषामा ३२७ मतदान केन्द्र तोकिएको थियो । तर अगामी निर्वाचनका लागि धनुषाको सखुवा महेन्द्रनगर स्थित सहकारी संस्था लिमिटेडको मतदान केन्द्रलाई सखुवा मावि र धनौजि गाउँपाकिलाको पशु उपचार केन्द्रको मतदान केन्द्रलाई बासुदेव मावि केन्द्रमा गाभिएपछि दुई वटा मतदान केन्द्र घटेको अधिकारी झाले बताईन । त्यसैगरि, निर्वाचन तयारीका लागि धनुषाका १८ वटै स्थानीय तहका एक÷एक जना सहायक नाम दर्ता अधिकारी तोकि उनीहरुलाई तामिल समेत दिईसकेको उनले बताईन । अगामी माघ १५ देखि मतदाता नामावली आवधिकको कार्य सुरु हुने उनले बताईन् । धनुषामा विभिन्न १२ वटा राजनितिक पार्टी सक्रिय रहेको छ भने पुस ५ गते सम्म जिल्लामा ४ लाख ११ हजार १४६ मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News