अपडेट 
२०७७ माघ १४, बुधबार ०७:३१

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 
 
महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन ।बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।  महाशाखाले आज दिउँसो  प्रदेश न. १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ  ।   यसैगरी, राति प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।  यस्तै, राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।

Comment


Related News

Latest News

Trending News