अपडेट 
२०७७ माघ १४, बुधबार ०७:३७

महाब्याधिका रुपमा ब्याख्या गरिएको कोभिड–१९ ले मानव जातिलाई एकै लहर, एकै पीडा र एकै सुरमा उभ्याएकोछ ।

महाब्याधिले आजको बिश्वका पूर्व–उत्तर र दक्षिण– पश्चिममा बस्ने मानव जाति बीचको बिभेदलाई समाप्त पारेकोछ । धनी–गरीब, काला–गोरा, हिन्दू–मुसलमान, बौध्द–इशाइ – कुनै जात, धर्म, बर्ण, लिंग र बर्गका बीच भेदभाव नगरी कोभिड–१९ ले जसरी मानव अस्तित्वलाई चुनौति दियो, त्यो निश्चय पनि भयावह थियो । महाब्याधिको प्रारम्भदेखि नेपाली समाजमा शुरु भएको हाहाकार र कोलाहलअहिले पनि थामिएको छैन । मानिसको जीवन खतराको बिन्दूमा रहेर परिचालित भइ रहेकोछ । केही दिन अघिसम्म, कोरोनाको उपचार उपलब्ध थिएन । यो प्रसंगमा, सन २०२१ ले कोरोना बिरुध्दको उपचारमा मानवीय बिजयको ध्वजा फहराएकोछ ।बजारमा नयाँ नयाँ खोपहरुको प्रवेश शुरु भएकोछ । मानिसको जीवन सुरक्षित तुल्याउन बैज्ञानिकहरु कम्मर कसेर लागेका छन । सन २०२० मानिसको जीवनमा निराशा बोकेर आएको थियो । सन २०२१ आशा र बिश्वासको बर्ष सावित हुँदैछ । यो खुशीको कुरा हो । सन्दर्भमा, दक्षिण एशियाकै कुरा गरौं ।

संसारको सबभन्दा बढी जनसंख्या भएको यो क्षेत्रमा कोरोनाको बेग तीब्र थियो । भारतले अक्सफोर्डसंग मिलेर कोभिड प्रतिरोधक भ्याक्सिनको उत्पादन शुरु गरेकोछ । यो दक्षिण एशिया क्षेत्रका लागि नै खुशीको कुरा भएकोछ । भारतले यो भ्याक्सिनको पहिलो खुराक दक्षिण एशियाका सबै देशलाई उपलब्ध गराउँदैछ । कोरोनापछिको समयमा भारतले दक्षिण एशियाका छिमेकी देशलाई स्वास्थ्यका क्षेत्रमा सघाउनेनीति लिएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २०२० मार्चमा आयोजित सार्क क्षेत्रका नेताहरुसंगको भिडियो सम्मेलनमा सहभागी थिए । त्यहीबेला उनले सार्क क्षेत्रका राष्ट्रहरुमा आइपर्ने स्वास्थ्य समस्यासंग जुध्न १० करोड अमेरिकी डलरको संकटकालीन कोष खडा गरे । यो ठूलो प्रसन्नताको कुरा थियो । भारतसंग छिमेकी राष्ट्रहरुको सम्बन्ध समान रहेको छैन । कुनै न कुनै बिषयमा सम्बन्ध अल्झिएकोछ । तर, कोरोनाले ल्याएको स्वास्थ्य संकटको सामनागर्न भारतले निकै ठूलो उदारता देखायो । उसको उदारतामा छरछिमेकका आपसी सुखदुःखसमेटिएका छन । भारत आफना छरछिमेकको तुलनामा धेरै ठूलो छ । कोरोना संकटको यो समयमा भारतले आफनो मनको बिशाल भाव पनि देखाएकोछ । नेपालमा कोभिड–१९ संकट शुरु भएदेखि नै जनताको मनस्थिति ठीक भएन । ‘लकडाउन’ का बारेमा जनतालाई अत्तोपत्तो थिएन । ‘मास्क’ एकप्रकारको आतंक नै थियो ।

स्यानिटाइजर पनि सामान्य जनताको पहूँचमा थिएन । वातावरण सामान्य मानिसको मनोवल खस्काउन पर्याप्त थियो । सामान्य जनताको तुलनामा शिक्षित र जान्नेसुन्ने मानिसहरु बडी आत्तिएका थिए । यसले गर्दा सामान्य मानिसहरुको मनोदशा पनि बिग्रियो । कोरोना भनेकै मृत्यु हो भन्ने खालको भावनाले मानिस थिचियो । शरीरमा के के लक्षण देखिएपछि कोरोना हुने हो ? यो प्रश्नको उत्तर दिनसक्ने चिकित्सक थोरै थिए । उनीहरुकै अथक प्रयत्नले मन्द खोकी, ज्वरो, न्यूमोनियाकोरोनाका लक्षणहुन । हेर्दा सामान्य देखिने यी लक्षण घातक थिए । प्राकृतिक, आयुर्वेदिक लगायत प्रचलित कुनै बिधिले यस रोगको उपचार सम्भव भएको थिएन । नेपालमा जनताले बेसार–पानी, गुर्जो लगायतका अनेक जरिबूटीको प्रयोग गरे । तर, यी प्राकृतिक उपाय प्रभावकारी भएनन । उपचारकै लागि पनि पहिलो चरणमा चाहिने रोगको परिचय नै स्थापित थिएन । यो रोग लागेको र नलागेको थाहै नपाई धेरै मानिसले ज्यान गुमाए । केही समयसम्म त मानव अस्तित्वका लागि निरन्तरको चुनौति बन्यो कोभिड । यसको उपचारमा मास्क र स्यानिटाइजर महत्वपूर्ण रह्यो । बिरामीलाई ‘आइसोलेसन’माराखेर उपचार गर्नुपर्ने नियम कठिनमात्रै होइन, अप्ठेरो पनि थियो । बिपदको अवस्थामा भारतले नेपाली स्वास्थ्य क्षेत्रमा निकै राम्रो सहयोग गरेकोछ । कोभिड सहयोग अन्तर्गत भारतले २०२० अप्रिल महिनामा नेपाललाई २३ टन एचसीक्यू र प्यारासिटामोल पठाएको थियो ।

यस्तै मे महिनामा ३० हजार जनतालाई कोरोना परीक्षणगर्न पीसीआर किटहरु प्रदान गरेको थियो । सहयोगको यो सूचि लामो छ । अगष्ट महिनामा भारतीय सेनाले नेपाली सेनालाई १० युनिट आइसीयू भेन्टिलेटर सहयोग गरेको थियो भने सेप्टेम्बरमा २००० भाइल्स रेम्डेसिविर इन्जेक्सन उपलब्ध गरायो । अक्टोबरमा भारतले नेपाललाई ४१ थन एम्बुलेन्स उपहार दियो । नभेम्बरमा जनरल नरवाणेको भ्रमणका समयमा तीनवटा फिल्ड अस्पताल संचालनगर्न नेपाली सेनालाई एक्सरे मसीन, कम्प्युटेड भिडियोग्राफी सिष्टम, आइसीयूका लागि भेन्टिलेटर्स र भिडियो इन्डोस्कोपिक युनिट, एनेस्थेसिया मसिन्स, प्रयोगशालाका लागि उपकरण र एम्बुलेन्स प्रदान गरेको थियो । स्वास्थ्य सहयोगको यो क्रममा भारतले नेपाललाई नभेम्बर ८ मा २८ वटा आइसीयू प्रदान गरेको थियो । नभेम्बर २६ मा नेपालगन्जका लागि २००० भाइल्सरेम्डेसिविर इन्जेक्सन उपलब्ध गराएको थियो । भारतको यो सहयोग मानवीय र मैत्रीपूर्ण थियो । बर्षको प्रारम्भमा नै गणतन्त्र दिवसको अवसर पारेर भारतले नेपाललाई कोभिड प्रतिरोधक भ्याक्सिनका दसलाख डोज प्रदान गरेकोछ । नेपालका लागि यो उपहार महत्वपूर्णमात्र नभएर प्रभावशाली रहेकोछ । नेपालले बिश्वका राष्ट्रहरुसंग काँधमा काँध मिलाएर कोभिड बिरुध्द भ्याक्सिनको प्रयोग मात्रै गर्न पाएको होइन, औषधिको बिश्व बजारमा आफनो प्रवेश पनि सुनिश्चित गराएकोछ ।

नेपाललाई कोभिड बिरोधी भ्याक्सिन बिश्व स्वास्थ्य संगठन र अरु मित्रराष्ट्रबाट पनि उपलब्ध होला । तर, पहिलो त जहिलेसुकै पहिलो हुन्छ । नेपालप्रति यो मैत्रिपूर्ण ब्यबहारका लागि भारतका जनता र भारत सरकारप्रति नेपालीको कृतज्ञ भाव रहेकोछ । कोरोना भाइरस रोग मानिसका लागि पहिलो चुनौति होइन । संसारमा मानिसको अस्तित्व रहेदेखि नै रोगब्याधिको उपस्थिति रहेकोछ । कहिले कलेराले, कहिले क्यान्सरले, कहिले क्षयरोगले र अहिले कुष्ठरोगले महाब्याधिका रुप लिदै आएका छन । एक्काइसौं शताब्दीको मानव समाजका लागि कोरोना महाब्याधि ठूलो चुनौतिका रुपमा आएकोछ । यो सत्यलाई इन्कारगर्न सकिदैन । कोरोनाले मानवजाति माथि आक्रमणगर्ने बित्तिकै बैज्ञानिकहरु यसको उपचारको खोजीमा जुटेका हुन । अहिले ती बैज्ञानिकहरुको खोजी र अनुसन्धान टुंगोमा पुगेकोछ । कोरोनाको जन्मभूमि भनिएको चीनले आफनै हिसावले अनुसन्धान गरेर कोरोना प्रतिरोधक औषधिको बिकास गरेकोछ । अमेरिका, बेलायत, जर्मनी र रुसजस्ता देशहरु आफनै प्रकारको अनुसन्धानमा लागेकाछन । ती अनुसन्धानका परिणाम उत्साहजनक छन । जे होस, बिश्वका जनताले कोरोना बिरुध्दको युध्द जितेका छन । यसका लागि हामी सबैमा बिश्वका ती सबै बैज्ञानिक र अनुसन्धानकर्ताप्रति कृतज्ञ भाव रहनु पर्दछ ।

Comment


Related News

Latest News

Trending News