अपडेट 
२०७७ माघ १५, बिहीबार ०७:४३

सर्लाहीको ईश्वरपुर नगरपालिकामा एक हजार दलित,गरिब तथा अतिविपन्न  बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

नव प्रयास फाउन्डेसनको आर्थिक सहयोग तथा समाजिक अभियन्ता शिवनाथ कहार को पहलमा इश्वरपुर न.पा वडा न-३ का  दलित,गरिब तथा अतिविपन्न  परिवारका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो।     घरको आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक सामाग्री खरिद गर्न नसकि  पठनपाठनमा समस्या झेल्दै  आएका  बालबालिकाहरुलाई ध्यानमा राखेर  शैक्षिक सामग्री वितरण गरिएको  फाउन्डेसनका कार्यकारी अध्यक्ष विजय साह ले बताए । यस्ता  सामाग्रीहरुको वितरण पछि दलित तथा  गरिब समुदायका बालबालिकाहरुको पठनपाठनमा सहज हुने अपेक्षा गरिएको उनले बताए । अगामी दिनमा पनि यस प्रकारका  सहयोगलाई  निरन्तरता दिने फाउण्डेसनकाको तर्फबाट साहले  प्रतिबद्वता गरेका छन्  ।

Comment


Related News

Latest News

Trending News