अपडेट 
२०७७ माघ १५, बिहीबार ०७:५३

राजविराज । तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्नदुई खेलमा साबिकको विजेता वडा नं. ४ कोइलाडी र वडा नं. सकरपुराले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा वडा नं. ४ कोइलाडीले वडा नं. ८ तोपालाई ८ विकेटले र वडा नं. ३ सकरपुराले ले वडा नं. १ तिलाठीलाईचार विकेटले पराजितगर्दै विजयी शुरुवात गरेको हो ।
पहिलो खेलमा टस जितेर ब्याटिड्ड गर्दै गरेको तोपाले निर्धारित १४ ओभरमा ६ विकेट गुमाई ६५ रन बनाएको थियो । खराबमौसमको कारण १४ ओभर खेलाईएको खेलमातोपाकालागि रमेश यादवले सर्वाधिक १२ तथा राज रतनझा र रोहित मण्डलले समान ११/११ रन बनाएकाथिए ।
कोइलाडीकालागिजुगनु मण्डलले किफायतिबलिंगगर्दै ३ ओभरमा १० खर्चिदै ३ विकेट लिएभने रोहित सिंह र नरेश मण्डलले समान १/१ विकेट लिएका थिए । जवाफी ब्याटिड्डमा आएकाकोइलाडीले ११ ओभर ५ बलमा २ विकेट गुमाई विजयीहालिस गर्न सफलभयो । कोइलाडी टिमका खेलाडिहरु रोहित सिंहले नटआउट रही २४ रन र मो. गुड्डुले नटआउट १२ रनको योगदानदिएभने रोबिन सिंहले १५ रन बनाएकाथिए । तोपाकालागि रमेश यादव र रविन मण्डलले १/१ विकेट लिए । उक्त खेलमाकोइलाडीका जुगनु मण्डललाई तिलाठी कोइलाडी गाउँपालिकाकाकार्यक्रमअधिकृत तथाप्रतियोगिता संयोजक राजेश कुमार झाले म्यानअफ द म्याच ट्रफी प्रदान गरे ।

यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिड्ड गरेको तिलाठीले निर्धारित २० ओभरमा …विकेट गुमाई १५१ रन बनाएकाथिए । तिलाठीका लागिओपनर विष्णु मण्डलले एक छक्का र आठ चौकाको मद्तले ५८ बलमा ६६ रन बनाएभने अर्का ओपनर लक्ष्मी रायले एक छक्का र सातचौकाको मद्तले ४६ बलमा ४६ रन बनाए । यसैगरी राजकुमार यादव नटआउट रही १३ रनको योगदान गरे । सकरपुराको लागि राजु सिंहले २ तथा साकेत सिंहले एक विकेट लिए । जवाफमा सकरपुरा टिम अन्तिमबलमा छक्का प्रहार गर्दै विजयीहासिलगर्न सफलभयो । सकरपुराकालागिअमित मण्डलले विष्फोटक बल्लेबाजीगर्दै तीन छक्का र एक चौकाको मद्तले ३५ बलमा नट आउट रही ६८ रन बनाए । यसैगरी साकेत सिंहले २६, सुरज मण्डल र रिपुल सिंहले समान १२/१२ रनको योगदान गरे । तिलाठीको लागि सागर झाले एक मात्रविकेट हातपारे । उक्त खेलमाम्यानअफ द म्याचभएका सकरपुराकाअमित मण्डललाई सप्तरी क्रिकेट संघका उपाध्यक्षधर्मेन्द्र चौधरीले पुरस्कार प्रदान गरे ।

प्रतियोगिताअन्तर्गत १६ गतेवडा नं. २ लौनियाँर वडा नं. ६ को. मधेपुराबीचपहिलो खेलतथा दोस्रो खेल वडा नं. ५ को. बर्साइन र वडा नं. ७मन्सापुरबीचहुने प्रतियोगिता संयोजकझाले बताए ।

Comment


Related News

Latest News

Trending News