अपडेट 
२०७७ माघ १५, बिहीबार ०७:५९

नेपाल सुशासन अभियानका संयोजक एवं नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक रमेश खरेलले नेपालमा कानून गरीव माथि लागु हुने गरेको बताउनु भएको छ ।

नेपालमा सुशासन कायम हुनु पर्ने र भ्रस्टाचारको अन्त्य गर्नु पर्ने लक्ष्यका साथ सञ्चालन गरेका नेपाल सुशासन अभियानको शुभारम्भ गर्न रौतहटको मौलापुर नगरपालिका वड़ा नम्बर ९ सोनरनियामा आयोजना गरिएको सभामा सम्वोधन गर्दै खरेलले देशको साशन चलाउने ठाउमा अपराधीहरु पुगेकोले मुलुकमा दण्डहीनता , अनियमितता , अपरÞाध ,भ्रस्टचारको बृद्धि भएको बताए । रौतहटको मौलापुर नगरपालिकाका जनता पीडि़त शोषित भएकोले मौलापुरबाट नै आफ्नो अभियानको शुभारम्भ गरेको घोषणा गर्दै नेपाल आमाको कसम भ्रस्टाचारी , अपराधीहरुलाई जेल पठाएर नै छाड्ने उदघोष गरे । ३ करोड़ जनतालाइ धोखा दिनेहरु राज्य सत्तामा पुगेर निमुख्खा जनता माथि दमन शोषण गर्दै गरेकोले त्यस्ता अत्याचारी ,अन्यायी , कुशाशकलाइ देशबाट समाप्त पर्ने संकल्प लिएर अघि बढेको बताउँदै सुशासनको लागि सहयोग गर्न सवै सित अपील गरे ।

पूर्व डीआईजी खरेलले भने नेपालमा ठूलालाइ चैन र गरीवलाइ एन छ । नेपाली जनता माथि अन्याय भएको जिकिर गर्दै सत्तामा बसेका कुशासकलाइ कÞानूनी दायरामा ल्याएर नै छोड़ने ढृढ़ता जनाए । मधेश तराई हिमाल पहाड़का नागरिकहरु टुलु टुलु हेरेर बसेको छ अपराधीहरु सशासन गर्ने ठाउमा बसेको कारन कÞानूनी राज्य नेपालमा नभएको जिकिर गरे । चुप लागेर बेसमा छोरा छोरी श्राप्ने बताए । संतानहरुले अपराधी ,तस्कर ,लुटेरा , भ्रस्टाचारीको विरुद्ध किन आवाज नउठाएको भनी सोध्ने भएकोले नेपालमा सुशासन ,कÞानूनी राज्य स्थापनाको लागि आवाज उठाउनु एक मात्र विकल्प देखिएको जनाए । राजाको शासन ,कांग्रेस ,कम्युनिस्ट र फोरमको शासन हेरेको उल्लेख गर्दै जून सुकैको शासनमा मौका पाएर लूटने काम मात्रै गरेकोले अव शांति पूर्वक आवाज उठाउनु पर्ने जोड़ दिए । देशमा लुटेर बसेकालाइ कÞानूनी दायरामा ल्याउन नेपाली नागरिकलाइ उठ्नु पर्ने बेला भएकोले चुप लागेर नबस्न आग्रह गरे । नेपाल आमाको माटोको सौगन्ध अपराधी ,लुटेरा , भ्रस्टाचारीलाइ जेल पुर्याउछौ विस्वास दिलाउदै खरेलले भने अव नेताहरुको प्रलोभनमा नफस्नु होला आफ्नो प्रतिनिधि स्वच्छ चुनन सुझाव समेत दिए ।

मुलुकको अवस्था कÞानूनी राज्य नभएको उदंडताको नमूना भएको बताए । प्रतिनिधि सभाको विघटन व्यक्तिगत स्वार्थको उपज रहेको उदहारण प्रस्तु गरे । आफ्नो घरको झगड़ाको विषय लिएर गरिएको सांसद विघटनको कार्य असंवैधानिक भएकोले न्यायपालिकाबाट सांसद पुनर्स्थापना हुने विश्वास व्यक्त गरे । जनतालाइ भ्रमित पारेर लूटने कार्य भएको उहाको कथन रहेकोले राज्य चलाउने व्यक्ति ईमानदार हुनु पर्ने धरना व्यक्त गरे । पर्सा जिल्लामा प्रहरी उपरीक्षक भएको बेला निकै चर्चा कमाएका खरेलले हिन्दूबादी काशीनाथ तिवारी हत्या काण्डका अपराधीले जेल जाने समेत ठोकूवा गरे । अपराधीहरुको संरक्षण गर्ने कार्य त्यो बेला गरिएकोले समय आए सत्तामा रहेका त्यों कारागार निश्चित रुपमा पुग्ने उहाको विस्वास रहेको छ ।

रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का निवर्तमान सांसद प्रभु साह माथि लक्षित गर्दै खरेलले भने तिवारी हत्याकांडको पुनार्वृति हुन्छ र जेल जान्छ । सत्तामा रहेकाहरु देश हितमा कामनगरी मुलुकलाइ बर्बाद गर्ने पक्षमा लागेको आरोप समेत लगाए ।
भ्रस्टाचार गर्ने , अपराधी मानसिकता बोकेका , अपराधमा संलग्ता भएका व्यक्ति शासन गर्ने ठाउमा पुगेकोले शांतिपूर्वक अभियानबाट लखेट्नु पर्ने अहिलेको आवश्यकता रहेको उहाको तर्क रहेको छ । सुशासन कायम गर्ने अभियानमा लागेका खरेल सहितका अभियानीहरुलाई स्थानिय संचारकर्मी रामचन्द्र यादवले दोसल्ला तथा मधेशको शानको रुपमा रहेका गमछा ओढाएर सम्मान गरेका थिए ।

Comment


Related News

Latest News

Trending News