अपडेट 
२०७७ माघ १५, बिहीबार ०८:११

धनुषाको हाँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले नगरक्षेत्र भित्र व्लांकेट वितरण गरेका छन् । बढ्दो चिसोलाई मध्यनजर गर्दै नगरपालिकाको विपद् व्यवस्थापन समितिको निर्णय अनुसार व्लांकेट वितरण गरिन थालिएको छ ।

वुधवार नगरपालिकाको वडा १ मा एक सय घरपरिवारलाई कम्वल वितरण गरिएको छ । नगरक्षेत्र भित्र वाड्नकोलागि ११ सय कम्वल अहिले ल्याइएको छ, लगत उठाने कार्य जारी रहेको र पछि फेरी थपिने जनाइएको छ । व्लांकेट वितरण समारोहलाई सम्वोधन गर्दै हाँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले नगरक्षेत्र भित्र रहेको गरिव, विपन्न, दलित, असहाय महिला, एकल महिला, जेष्ठ नागरिक लगायतलाई केन्द्रीत गरि कोहि नछुटनु पर्ने बताएका थिए । आपद विपतको समयमा जनप्रतिनिधिले आफ्ना जनतालाई सहयोग नगरे कस्तो जनप्रतिनिधि हुन्छ भन्दै उनले प्रश्न समेत गरेका छन् ।

विकास निर्माणको कार्य निरन्तर चलि रहने कार्य भएको हुनाले विकास निर्माण संगै समस्यामा जनप्रतिनिधिलाई समेत साथ र सहयोगको अपेक्षा जनताले गर्ने गरेको र यसमा आफु कहिल्लै पछाडी पर्ने उनले दावी गरेका थिए । उनले भने–‘आपद विपतको घडीमा एक भएर सहयोग गर्नु पर्छ, हरेक समयलाई राजनीतिक रुपले हेर्नु पर्दैन् ।’ हाँसपुर नगरपालिकाका मेयर मण्डल व्लांकेट वितरण गर्नु भन्दा पहिला नगरपालिकाको हरेक वडाका चोक चोकमा दाउरा वितरण समेत गरि सकेका छन् । स्थानीयबासीहरु पनि हर्षित भई उनको कार्यको प्रसंसा गर्दैछन् । स्थानीय जिवछ मण्डलले भने–‘मेयर साहव जनतामैत्री हुनु हुन्छ, जनताका भलो हुने कार्य गर्न पछि पर्दैन् ।’ त्यस्तै विकाउ यादव, रामलोचन दास, गितिया देवी लगायत स्थानीयबासीहरु मेयर मण्डलको जनताप्रेमी हुने कार्यको प्रसंसा गर्दै अगामी निर्वाचनमा समेत उनी मेयरमा चुनाव लडे विजयी सुनिश्चित रहेको बताए ।

तराई मधेश क्षेत्रमा विपद्को समय प्रत्येक तीन महिनामा आउन थालेपछि विपद् व्यवस्थापन गरि समस्या समाधान गर्नकालागि हरेक स्थानीय तहको जिम्मा दिइएको भएपनि अधिकांश स्थानीय तहहरु भने विपद् व्यवस्थापनको बजेट कि त फ्रिज गर्ने गरेका छन् कि त अन्य शिर्षकमा खर्च गर्ने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News