अपडेट 
२०७७ माघ १५, बिहीबार ०८:४२

जितपुुरसिमरा उपमहानगरपालिकाको सब भन्दा जेठो बिद्यालय श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालय जितपुुरको वडा कार्यालयले अनुुगमन गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरमा विद्यालयमा वडा अध्यक्षसहितको टोलिले अनुुगमन गरेको हो ।अनुगमनमा विद्यालयको प्रगति र पढाईको स्तरलाई मुख्य ध्यानमा राखिएको थियो । विद्यालयको शैक्षिक गुुणस्तरमा केन्द्रित भएर वडाको टोलिले बिद्यार्थीहरुसँग कुुराकानी गरिएको थियो । शिक्षक वा बिद्यालयको सम्बन्धमा कुुनै गुुनासो भएमा गोप्य मतपेटिका आफनो गुुनासो लेखेर हाल्न वडा अध्यक्ष रामबाबुु गुुप्ताले बिद्याथीहरुलाई अनुुरोध गर्नुुभएको थियो । गुुनासो गर्ने बिद्यार्थीको नाम र कक्षा गोप्य राखिने वडा अध्यक्ष गुुप्ताले बिद्यार्थीहरुलाई जानकारी दिनुुभएको थियो ।अनुगमनमा अध्यक्ष गुप्ता स्वयम कक्षा कोठामा गई विद्यार्थिहरू सँग विद्यालयको प्रगति र समस्याको बारेमा बुुझेका थिए ।अनुगमनमा श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयको व्यवस्थापक सिमितिका पदाधिकारी , वडा समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News