अपडेट 
२०७७ माघ १५, बिहीबार ११:३६

निर्वाचन आयोगले आजदेखि देशैभरका पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गर्दैछ ।

आज सबै पालिकाहरुको केन्द्रमा मतदाता नामावली गर्न सूची प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार आज पालिकाहरुका केन्द्रमा मतदाता नामावलीका सूची प्रकाशित हुनेछ ।  भोलि र पर्सि दुई दिन यो नामावलीमाथि दाबी विरोध गर्न पाइनेछ । नामथर त्रुटि भएमा सच्याउन निवेदन दिने, ज्यान गुमाएका वा बसाइ सरेर गएका र दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिने तथा झुटाे विवरण दिएर कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यसविरुद्ध उजुरी दिन सकिने आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 

आउँदो २१ गतेसम्म नामावली अद्यावधिक गरिने उहाँले बताउनुभयो । यसपछि मतदाताको नामावली जिल्ला जिल्लामा पुग्ने छ र जिल्लाले निर्वाचन आयोगमा मतदाता नामावली पठाउने छ।  आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो । आउँदो वैशाख १७ र २७ गतेका लागि सरकारले घोषणा गरेको चुनावको लागि आयोगले तयारी गरिरहेको छ । तर, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवदेनमाथि अहिले संवैधानिक सुनुवाइ भइरहेकाले चुनाव हुने नहुनेमा अन्याेल छ । 

Comment


Related News

Latest News

Trending News