अपडेट 
२०७७ माघ १५, बिहीबार १३:३४

नेकपा प्रचण्ड–नेपाल पक्षले माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै विशाल जनप्रदर्शन गर्ने तयारी गरेको छ ।

बिहीबार पार्टी कार्यालय पेरिसडाडामा बसेको नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले संसद बिघटनबिरुद्धको आन्दोलनलाई सशक्त बनाउने र सो क्रममा माघ २८ गते काठमाडौंमा हुने जनप्रदर्शन लाई अहिलेसम्मकै बिशाल बनाउने निर्णय गरेको हो । बैठकले प्रतिगमनविरुद्ध जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पु¥याउनेमा जोड दिएको सो पक्ष निकट अनेमसंघकी संयोजक अमृता थापाले जानकारी दिनुभयो । बैठकमा अध्यक्षद्वय ‘प्रचण्ड’ र माधव नेपालले सम्बोधन गर्दै आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिँदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको बताउनुभएको थियो ।

त्यस्तै बैठकले शान्तिपूर्ण धर्ना लगाएत पूर्वघोषित कार्यक्रमलाई प्रभावकारी बनाउने र आफ्नो मुद्धा स्थापित गर्नुपर्नेमा जोड दिएको अनेमसंघकी संयोजक थापाले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको छ ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रचण्ड माधव पक्षले निरन्तर संघर्ष गरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News