अपडेट 
२०७७ माघ १६, शुक्रबार ०७:५२

संसद विघटनपछि दुई खेमामा  विभाजन भएको नेकपाभित्र विभिन्न जिल्लाहरुमा पार्टी कार्यालय कब्जा गर्ने तथा तालाबन्दी गर्ने र यसै विषयलाई लिएर दुई पक्षबीच विवाद सहित झडप हुने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनको आदेशमा विगत एक महिनाबढी दिनदेखि प्रहरीले सुरक्षा दिएर राखेको मलंगवा नगरपालिका वडा न-३ स्थित मनमोहन स्मृति भवनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयलाई पुनः  संचालनमा ल्याउन पार्टीका जिल्ला कमिटी अध्यक्ष रेवती पन्तले प्रमुख जिल्ला अधिकारी सँग आग्रह गरेको छ ।

सर्लाही जिल्लाको लागि पार्टीको एउटा मात्रै कार्यालय रहेकोले लामो समयदेखि बन्द हुँदा पार्टीको नियमित कामहरु प्रभावित भएको साथै जिल्लाभरका पार्टी नेता ,कार्यकर्ता र पार्टीको सम्पर्कमा आउने आम समुदायलाई समस्या परेको उल्लेख गर्दै जिल्ला अध्यक्ष पन्तद्वारा हस्ताक्षरित निवेदन  मार्फत पार्टी कार्यालय संचालन गर्न लागेको प्रजिअ सुरेन्द्र पौडेललाई जानकारी गराइएको छ ।    निवेदनमा प्रजिअ पौडेल सँग पार्टी कार्यालय संचालन गर्न आवश्यक सुरक्षा दिएर वातावरण सहज बनाइ दिन समेत अनुरोध गरिएको छ ।    नेकपाको पार्टी कार्यालय रहेको मनमोहन सामुदायिक भवनको गतवर्ष  पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News