२०७७ माघ १६, शुक्रबार ०८:०३

नेपाली काँग्रेसका पुर्व सचेतक एवम संविधान सभा सदस्य डा. शोभाकर पराजुलीले स्व दिनानाथ बनियाको निधनले पार्टीलाई अपुरणिय क्षति भएको बताएका छन ।

नेपाली काँग्रेसको कृयाशिल सदस्य समेत रहेको बनियाको पार्थिव शरिरमा नेपाली काँग्रेसको झन्डा अ‍ोढाई अन्तिम श्राद्धञ्जली ब्यतm गर्दै पराजुलीले प्रजातन्त्र पुनरस्थापनामा बनियाको ठुलो योग्दान रहेको चर्चा गर्दे उहाँको निधनबाट पार्टी मर्माहित भएको भने । पार्टीलाई उचाईमा पुगाउनमा बनियाको ठुलो योग्दान रहेको बताउदै संविधानसभा सदस्य पराजुलीले उहाँले देखाएको बाटोमा हिडन पाए मात्र उनीप्रति सच्चा श्राद्धञ्जली अर्पण हुने कुरामा जोड दिएका थिए । यसैगरि नेपाली काँग्रेस बारागढी गाँउपालिका वडा नम्बर ४ को तर्फबाट सिकेन्द्र पासवान, अशोक साह, रामानन्द गिरी, हरेन्द्र विश्वकर्मा, श्रीचन्द्र साह, रामेश्वर साह,सरस्वती खरेल लगायतकाले श्राद्धञ्जली अर्पण गरेकाको थियो । बनियाको ७५ बर्षको उमेरमा बुधवार राती निधन भएको थियो ।

हिन्दु परम्परा अनुसार जमुनी खोलामा दाह संस्कार गरिएको हो । उनको २ छोरा ३ छोरी रहेको छ । नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति एवम सिम्रौनगढ नगरपालिकाका मेयर बिजयशंकर यादवले बनियाको निधन प्रति शोक ब्यतm गरेका हुन । त्यसैगरि नेता पराजुलीले बारागढी गाँउपालिका वडा नम्बर ४ निवासी १ सय बर्षिय स्व कलहीदेवी साहको पनि अन्तिम श्राद्धञ्जली अर्पण समेत गरेका थिए ।

Comment

Related News

Latest News

Trending News