अपडेट 
२०७७ माघ १६, शुक्रबार १०:५६

नेकपाको प्रचण्ड–माधव समूहले आज विराटनगरमा विरोधसभा गर्दैछ ।

विराटनगरको सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । आज विराटनगरपछि भोलि धनगढीमा विरोधसभाको आयोजना गर्ने कायक्रम यसअघिनै प्रचण्ड–माधव समूहले तय गरिसकेको छ । उपत्यका बाहिरका मुख्य शहर विराटनगर, बुटवल र धनगढीमा विशाल प्रदर्शन गरेपछि काठमाडौँमा माघ २८ गते अहिलेसम्मकै धेरै नेता कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने प्रचण्ड–माधव समूहको कार्यक्रम छ ।

प्रधानमन्त्री केपी ओलीको प्रतिगमनविरुद्ध निरन्तर सडक संघर्ष गरिरहेको प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा पुनःस्थापनाको विकल्न नभएको बताउँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News