अपडेट 
२०७७ माघ १७, शनिबार ०७:५९

जनता समाजवादी पार्टी समर्थित राष्ट्रिय इन्जिनियर संघको जनकपुरधाममा आज हुने भेलामा सरिक हुन महन्थ ठाकुर र राजेन्द्र महतो शुक्रवार आएका छन ।

दूबै नेतालाई जनकपुरधाम विमानस्थलमा भव्य स्वागत गरिएको थियो । राष्ट्रिय इन्जिनियर संघका केन्द्रिय अध्यक्ष भगवान झाको नेतृत्वमा स्वागत गर्न एयरपोर्ट पुगेका सो टोलीमा उपाध्यक्ष सुशिल झा, महासचिव दीपेन्द्रकुमार साह सहितका रहेका थिए । स्वागत अघि जनकपुर रेल्वे स्टेशनवाट मोटरसाइकल रैली निकालिएको थियो । भेलाको उदघाटन जनकपुरधाम स्थित मारवाडी सेवा समितिको सभा हलमा गरिने जानकारी राष्ट्रिय इन्जिनियर संघका केन्द्रिय अध्यक्ष भगवान झाले दिएका छन ।जसपाका अध्यक्ष महन्थ ठाकुरले उदघाटन गर्ने सो समारोहमा जसपा नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भोतिक योजना तथा निमार्ण मन्त्री जितेन्द्र सोनल सहितका नेताको सहभागिता रहने छ ।समारोहमा पूर्व इन्जिनियरहरुलाई सम्मान गरिने कार्यक्रम राखिएको छ ।

Comment


Related News

Latest News

Trending News