अपडेट 
२०७७ माघ १७, शनिबार ०८:०२

लकडाउनसँगै बन्द गरिएका भारत र चिनतर्फका ३० वटा नाकालाई नेपाल सरकारले खुला गर्ने निर्णय हाती आयो हाती आयो फुस्सा उखान सरह भएको छ । नेपाल सरकारले विहिवार नेपाल भारतको केही नाका खोल्ने निर्णय गरिएपनि नाका भएर गाडी आरपार गर्न अहिले पनि निषेध रहेको कुरा भनिएपछि हाती आयो फुस्सा उखानलाई चरितार्थ गरिएको छ । धनुषाको दुइवटा जटही र इनर्वा नाका खोल्न निर्णय गरेपनि प्रशासनले शुक्रवार नाका खोल्न मानेन ।

सरकारको निर्णय आएपछि सीमा नाकाको अवस्था वुझन टुडेटिम धनुषाको जटही नाकामा पुग्दा सो नाकामा पुर्वतः तरिकाले चोरबाटो भएर आरपार भइरहेको देखीएको थियो । सो सम्वन्धका जटही नाकामा नेपाल तर्फका प्रशासनसंग बोडरको मुखय वाटो किन नखोलिएको भनेर प्रश्न गर्दाृ नेपाल सरकारले जटही नाका खोल्ने निर्णय आफुलाई पनि थाहा भएपनि कुनैकिसीमको पत्र नआएकोले नाका पहिलेकै अवस्थामा राखिएको भनेर जवाफ फर्काए । उता भारत तर्फ पनि नाकालाई जस्ताको त्यस्तै जाम गरेको देखियो । नेपालले नाका खोल्ने निर्णय गरिसक्यो भारतले अहिले सम्म किन नाका जाम गरेको भनेर प्रश्न गर्दा नाका खोलिएको सम्वन्धमा अहिले सम्म कुनै आधिकारीक जानकारि नआएको वताए । यता नेपाल सरकारले जटही नाका खोलेको भनेर आएको समाचारका कारण उक्त वाटो भएर भारत प्रवेस गर्ने सोच वनाएका सयौ गाडी फर्केको दृश्य त्यसै देखिएको थिया’ । धनुषाका प्रमुख जिल्ला अधिकारी वन्धु वास्तोलाका अनुसार नेपाल र भारतका नागरिकलाई मुख्यवाटो भएर आवतजावतमा सहज गरिएपनि गाडी आरपार गर्न अहिले पनि वन्देज लगाइएको वताए । नेपाल सरकारको अर्को निर्णय नआए सम्म गाडी आरपार गर्न नदिइने वताउदै शुक्रवार नाकामा समस्या रहेपनि शनिवार देखी सहज वनाइने वताए ।

यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको थियो । गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको छ । गृहले खुला गरिएका सबै नाकाबाट हुने आवागमनको जनस्वास्थ्यसहित अभिलेख राख्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार यी नाका हुँदै नेपालीले निर्बाध र विदेशीले निश्चित सर्त र बन्देज पालना गरेर आवागमन गर्न पाउने छन । बन्द रहेको सिमा नाका खोलाउन नेपाल भारत सीमा सम्वाद समूहले प्रदेश २ सहित मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरेको थियो ।समूहका अध्यक्ष राजीब झाको नेतृत्वमा भएको आन्दोलनका कारण सरकार दबाबमा रहेको थियो । बन्द नाका पहिलेकै स्वरूपमा निर्बाध खुलाउनुपर्ने दबाबपछि सरकारले नाकाबाट हुने आवागमन, त्यसको औचित्य, आवश्यकता, आर्थिक कारोबार लगायत आधारमा नयाँ निर्णय लिएको हो ।

Comment


Related News

Latest News

Trending News