
शहिद दिवसको अवसरमा बाराको जितपुुर निवासी फ्रन्टलाईनरहरुलाई नेपाल सितोरियो कराते शाखा जीतपुुरले आज सम्मान गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुुर घर भई देश, समाजको लागि फ्रन्टलाईनमा बसेर काम गर्ने डाक्टर, ईन्जिनीयर ,पत्रकार, प्रहरी , शिक्षा प्रेमी, बैंकरस, कलाकार लगायतलाई सम्मान गरिएको सितोरियो कराते शाखा जीतपुुरका सह प्रशिक्षक मनोज कुुमार साहले जानकारी दिनुुभयो । जीतपुुरसिमरा उपमहानगरपालिकाको उपप्रमुुख सरस्वती देबी चौधरी र वडा अध्यक्ष रामबाबुु गुुप्तालेले सम्मान पत्र र फुुलमाला लगाएर फ्रन्टलाईनहरुलाई सम्मान गर्नुुभएको थियो । बाराको जीतपुुर घर भई देशको बिभिन्न ठाउँमा सेवा प्रदान गर्दै आएका ४७ जनालाई सम्मान गरिएको नेपाल सितोरियो कराते शाखा जीतपुुरले जनाएको छ । सम्मानित हुुनेमा डाक्टर १० जना ,शिक्षा प्रेमी ९ जना ,प्रहरी ११ जना ,कलाकार ६ जना र पत्रकार ११ जना रहेका छन् ।

सम्मान कार्यक्रममा गढीमाई साझेदारी बन पथलैयाका अध्यक्ष गणेशजी प्रसाद साह ,जसपाका नगर संयोजक शिवजी प्रसाद साह ,जितपुुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साह ,निबर्तमान अध्यक्ष घनश्याम गिरी ,शिक्षाप्रेमी राजेन्द्र कडेँल ,कालिका प्रसाद ढकाल ,समाजसेवी कपुुर राज पुुरी ,अस्थाई ट्राफिक प्रहरी कार्यालय जीतपुुर प्रमुुख प्रहरी नायब निरिक्षक जयराम पुुडासैनी लगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा स्वागत मनत्बय सह प्रशिक्षक श्रीराम साह कानुुले ब्यक्त गरेका थिए ।