अपडेट 
२०७७ माघ १८, आईतवार ०७:३८

जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले धनुषाबाटै चुनाव लडने बताएका छन् । चुनाव भयो भने धनुषाबाटै चुनाव लडछु, उनले भने । चुनाव हुदैन, चुनावको नाम निशान छैन, महतोले भने,‘ चुनाव भयो भने राजेन्द्र महतो धनुषाबाटै चुनाव लडछ । म जनकपुरमै खम्बा गाडेर बसेको छु । यताउता जादिन ।

धनुषाबाटै चुनाव लडछु ।जनकपुरमा राष्ट्रिय इन्जिनियर सघका राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महतोले चुनावको कुनै अतोपतो नभएको बताए । राजेन्द्र महतो अर्को निर्वाचन क्षेत्र खोज्न जादैन, महतोले भने,‘ मेरो बारेमा चुनाव लडने विषयमा अनआवश्यक प्रचार प्रसार भएको छ ।’ मुलुकमा राजनीति संकटका कारण निर्वाचन हुन सक्दैन, उनले भने । नेता महतो २०७४ सालको प्रतिनिधिसभाको चुनावमा जनकपुरधामसमेत रहेको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । उनी तत्कालीन जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिई २ हजार ९ सय तीन मतले विजयी भएका थिए ।

उनले ३०७५० मत प्राप्त गरेका थिए । २०७० सालको संविधान सभाको चुनावमा सर्लाही जिल्लाबाट पराजित भएपछि उनी २०७४ सालको निर्वाचनमा धनुषा आएका थिए । प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति घोषणा भएसँगै नेता महतोको चुनाव लड्ने विषय क्षेत्रबारे आमजिज्ञासा थियो । धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने घोषणा गरेका हुन् । घोषणासँगै क्षेत्र नम्बर ३ को चुनाव पुनः चर्चाको विषय बन्ने भएको छ ।

Comment


Related News

Latest News

Trending News