अपडेट 
२०७७ माघ १८, आईतवार ०७:५४

जनकपुरधामको बसपार्क व्यवस्थित बनाउनका लागि ग्यारेज निर्माण गरिने भएको छ ।

बसपार्कमा पार्किङ भएको बसलाई जताततै धुने क्रियाकलापका कारण बसपार्क हिलाम्य रहदै आएको र सोही समस्यालाई निराकरणका लागि ग्यारेजको निर्माण गरिने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल नेतृत्वको टोलीले शनिबार बिहान बसपार्कको स्थलगत निरीक्षण गरेका थिए ।

शनिवार विहान गैरेज निमार्णका लागि बसपार्क अनुगमन गर्न पुगेका प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले ग्यारेज निर्माणका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाए । उनले अनुगमन पश्चात कानुन अनुरुप सवै कागजात प्रस्तुत गर्न बताउदै प्रदेश सरकारले जनकपुरधामलाई राजधानी वनाउनका लागि पहल गरिरहेकोले विकासको कार्यमा सदैव साथ रहने वताए ।

जानकी यातायात प्रालीका अध्यक्ष मनोज चौधरीका अनुसार बसपार्कमा खाली रहेको जग्गामा गैरेजहरु निर्माण गरिने र यसबाट बसपार्क व्यवस्थित हुनुका साथै सफा पनि रहने बताए । अनुगमनमा प्रदेशसभा सदस्य परमेश्वर साह,जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह,वरिष्ठ सल्लाहकार निर्मल चौधरी लगायतको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News