अपडेट 
२०७७ माघ १८, आईतवार ०८:२९

मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ ।  महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।

महाशाखाले अहिले देशभरको मौसमको अवस्थाबारे जानकारी दिँदै  देशको पहाडी भूभागका थोरै स्थानहरुमा र तराईका अधिकांश भूभागहरुमा हुस्सु र कुहिरो लागेको बताएको छ । भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो प्रदेश न. १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  यस्तै, प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।   राति देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  यता, प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

Comment


Related News

Latest News

Trending News