अपडेट 
२०७७ माघ १८, आईतवार ०९:११

जनकपुरधामका भूमाफिया राजेश अग्रवालमाथि कर छलि सम्वन्धी अनुसन्धान शुरु भएको छ । जग्गा खरिदको क्रममा भूमाफिया अग्रवालले लाखौं रुपैयाँको कर छलि गरेको देखिए भन्दै जिल्ला सरकारी वकील कार्यालय जनकपुरधामले जिल्ला प्रहरी कार्यालयलाई अनुसन्धानकालागि चिठ्ठी काटेका छन् ।भूमाफिया राजेश अग्रवाल बर्षेणी करोडौं रुपैयाँको राजस्व छली गर्दै आई रहेको भएपनि सम्वन्धित निकाय मौन देखिएको थियो तर, लक्ष्मीनिया गाउँपालिकाको जग्गामा उनीमाथि अनुसन्धान थालिएको छ ।

सिरहा जिल्लाको सिरहा नगरपालिका–६ बस्ने गौरी शंकर अग्रवालका छोरा राजेशकुमार अग्रवाल जनकपुरका चर्चित व्यवसायी हुन । उनले सरकारी कामकाजको राजस्व यसरी छल्ने गरेका छन् जो कि एक दम्मै सफासुघर हुने गरेका छन् । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीपुर बगेवाका कितवल कवारीवाट उनले खरिद गरेको करिव ४ कठ्ठा ९ धुर जग्गामा व्यापक राजस्व छली गरेको देखिएको भन्दै उनीमाथि अनुसन्धान सुरु गरिएको हो । उनले खरिद गरको करिव ४ कठ्ठा ९ धुर जग्गा जनकपुरका एकजनाले एक करोड ७ लाखमा बैना गरेपनि उनले २० लाखमा मात्रै रजिष्ट्रि पास गराएका देखिएको सरकारी वकील कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई लेखेको चिठ्ठीमा उल्लेख छ । अग्रवालले वडा नं. ५ का ८७६, १३५१ र १३५२ तीन कित्ता मात्रै २० लाखमा पास गराएको राजिनामा पत्रमा उल्लेख भएको छ । तर, जनकपुरका एकजनाले सो जमिन २०७७ मंसिर १२ गते गरेका बैनामा १ करोड ७ लाखमा खरिद गर्नकालागि बैना गरेका थिए । सोहि मितिमा जग्गाधनी कितवल कवाडी र उनका दुई छोराहरुले बैना वुझिलिएको हस्ताक्षर समेत गरेका छन् ।

कितवलका एउटा छोरालाई प्रहरीले अनुसन्धानकालागि थुनामा राखेपनि कितवल आफै र उनका एक छोरा भने फरार रहेका छन् । कवाडीले बैना गर्ने पक्षलाई आज भोली गर्दा गर्दै समय विताएका थिए । बैना गर्ने पक्षले जग्गा पास गरिदिन भनि विभिन्न समयमा तागेदा गर्दा पनि कवाडी आज भोली आज भोली गरि सो जग्गा अग्रवालसंग बेचेका थिए । सरकारले पुरुषको नाममा ५ प्रतिशत र महिलाको नाउँमा २ प्रतिशत राजिनामा पत्रमा उल्लेखित रकमको कर तिर्न भनिएको भएपनि खरिद गरिएको जग्गाको मुल्य भन्दा कम गरेर रजिष्ट्रेशन पास गराउँदा सरकारी कर छली हुने गरेका छन् । १ करोड ७ लाखमा बैना एक पक्षले गरेको र दोस्रो पक्षले मात्रै सो जग्गा २० लाखमा खरिद गरिनु भनेको सिधै ८७ लाखको कर छली देखिन्छ । तर, जव जग्गा धनी कवाडीलाई १ करोड ७ लाखमा बैना भएको जग्गाको मुल्य त्यो भन्दा बढि दिइएन तव उसले बैना गरिएका व्यक्तिहरुवाट कसरी बैमानी गरि अरुको नाउमा त्यो जग्गा बेचे ? यसै विषयमा अनुसन्धान थालिएको छ ।

Comment


Related News

Latest News

Trending News