अपडेट 
२०७७ माघ १८, आईतवार ०९:२२

जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले शिक्षा क्षेत्रलाई सफासुघर बनाउनु पर्ने बताएका छन् । जनकपुरधाममा मदर्सा अल जामेआतुस सलामियाले आयोजना गरेको ‘कोरोना भाइरस एक तारुफ’ पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका छन् ।

सो मदर्सामा अध्ययनरत्त छात्रछात्राहरुको शिक्षाको तौरतरिकाको प्रसंसा गर्दै अन्य ठाउँका विद्यालयहरुमा यस्तो शिक्षाको अवलम्वन गर्नुपर्ने मेयर साहले बताएका थिए । सो मदर्सामा सरकारी सुविधाहरु अगामी आर्थिक वर्षवाट समानुपातिक रुपमा प्रदान गरिने घोषणा समेत गरेका थिए । कक्षा ५ सम्म पठन पाठन हुने सो मदर्साको बालबालिकावाट मेयर साह भने प्रभावित भएर सो घोषणा गरेका थिए ।

बालबालिकाहरुको आचरण, संस्कार र शिक्षा स्तर उच्चस्तरीय रहेको पाइएको थियो । भौतिक संरचना समान्य रहेपनि सो मदर्साको अध्ययन अध्यापन उच्च कोटीको रहेको मेयर साहको भनाई थियो । उनले भने–‘नकुनै अपेक्षा नकुनै आग्रह समान्य रुपमा मलाई यहाँ बोलाउनु भएकोमा मदार्सा कमिटीलाई धेरै धेरै धन्यवाद ।’

अन्य ठाउँमा जाँदा इच्छा र अपेक्षाको घेरामा घेराउने गरेको उनले नकेहि अपेक्षा रहेपनि यस मदर्साको गुणस्तरीयताकालागि आफु तत्पर रहने उनले बताए । उनले मदर्सा सञ्चालक समितिका सदस्यहरुलाई मदर्सामा गुणस्तरीय शिक्षाकालागि सम्वाद गर्नकालागि आग्रह गरेका थिए । सम्वादवाट सार्थक नतिजा निष्कने भएका कारणले सम्वाद कहिल्लै नतोडन समेत आग्रह गरेका थिए ।

Comment


Related News

Latest News

Trending News