अपडेट 
२०७७ माघ १८, आईतवार ०९:२९

लामो समय देखि अबरुद्ध रहेको राजदेवी नगरपालिकाका पाँचौ नगर सभा शनिवार शान्तिपूर्वक बातावरणमा संपन्न भएको छ ।

नगर प्रमुख र उपप्रमुख विचको तनावको कारण तोकिएको निर्धारित समय आषाढ़ महीनामा गर्नु पर्ने नगर सभा माघ १७ गतेमा दुइ तिहाई भन्दा बढ़ी संख्याको आधारमा संपन्न भएको हो ।
नगर सभा अवरुद्ध भएको कारण कर्मचारीहरुको तलाव भत्ता रोकिएपछि कर्मचारीहरु पटक पटक आन्दोलन गर्दै आएको अवस्थामा कर्मचारीहरूको पीरमर्का तथा विकास निर्माणको बाटो खुल्ला गर्नका लागि बहुमतको आधारमा नगर सभा गर्नु परेको नगर प्रमुख धीरेन्द्र कुमार सिंहले बताएका छन । राजनितिक दलका प्रतिनिधित्वको अवस्थामा कम संख्यामा निर्वाचित भएका नगर प्रमुख सिंहलाइ नगर सभा गर्न धेरै समस्या उत्पन्न भएको थियो । नगर सभा पछि पत्रकार सित कुरा गर्दै नगर प्रमुख सिंहले ९५ प्रतिसत नगर सभा सदस्यको उपस्थतिमा नगर सभा संपन्न भएको बताए ।

उपप्रमुखलाइ आफ्नो दायित्व निर्वाह गर्न पटक पटक आग्रह पत्राचार गर्दा पनि आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेकोले कार्यपालिकाको बैठकबाट निर्णय गरी नगर सभा गरेको उहाले जनाए ।
आर्थिक वर्ष २०७७र०७८ को लागि ४१ करोड़ ९२ लाख ९० हजार ३० रुपैयाको बजेट प्रस्तुत गर्दै नगर सभा संपन्न भएको छ । निति तथा कार्यक्रममा शिक्षा ,स्वास्थ्य , सड़क ,पूर्वाधार , पर्यटन , विधुतीकरण लगायतका योजना प्राथमिकतामा राखिएको छ ।

Comment


Related News

Latest News

Trending News