२०७७ माघ १८, आईतवार ०९:३५

बाराको जितपुुरमा एक संस्थाले ४५ थान फाईबर सिरक बितरण गरेको छ ।

जीतपुुरसिमरा उपमहानगरपालिकाको जितपुुर स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिद्यालयको प्राङ्गनमा आयोजित कार्यक्रममा हेस्रा नेपालले ४५ जना अतिबिपन्न परिवारलाई सिरक बितरण गरेको हेस्रा नेपालका प्रोग्राम मेनेजर साबिक अंसारीले जानकारी दिनुुभयो । वडा अध्यक्ष रामबाबुु गुुप्ताले बिपन्न समुुदायका ब्यक्तिहरुलाई सिरक बितरण गरेका थिए ।कार्यक्रममा वडा सदस्य मोहरम मंसुुर ,ज्ञानी पासवान ,ईलाका प्रहरी कार्यालय जीतपुुरका प्रहरी नायब निरिक्षक दिप राणा ,सशस्त्र प्रहरी निरिक्षक प्रकास पौडेल ,नारि शक्ति बिकास मञ्चको अध्यक्ष आसा दहाल ,ईस्लामिक लाईब्रेरीका जिकरुल्लाह अंसारी लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन नबिन मैनालीले गरेका थिए ।

Comment

Related News

Latest News

Trending News