अपडेट 
२०७७ माघ १९, सोमबार ०७:२१

विश्वभर सात करोड ५१ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा सात करोड ५१ लाख आठ हजार ६९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १० करोड ३५ लाख तीन हजार २४० जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २२ लाख ३६ हजार ९६४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ६१ लाख ५३ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म २ करोड ६७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ६४ लाख तीन हजारभन्दा बढी निको भएका छन् भने चार लाख ५२ हजार २१४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड सात लाख ५८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड चार लाख ३३ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५३ हजार ४२८ जना पुगेको छ । नेपालमा हालसम्म दुई लाख ७० हजार ९६९जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ६६ हजार ३३६ जना निको भएका छन् । यहाँ कोरोनाबाट दुई हजार २९ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News