अपडेट 
२०७७ माघ १९, सोमबार ०७:५०

प्रधानमन्त्री केपी शर्मा ओली ढल्केबर स्थित सवस्टेशन उद्धघाटनकालागि आज धनुषाको ढल्केवर आउदै छन् ।

ढल्केबरमा नेपालकै सभ भन्दा ठूलो १ सय ६० एमभीएका दुई र ३ सय १५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको सवस्टेशन उद्धघाटनकालागि धनुषा आउन लागेको हो । प्रधानमन्त्री ओली बिहान साढे १० बजे काठमाडौबाट ढल्केबरकालागि प्रस्थान गर्न छन् । सवाँ ११ बजे सम्म ढल्केबर आइपुग्ने ओली सवस्टेशव उदघाटन पछि सभालाई सम्बोधन गर्ने कार्यक्र छ । साढे १२ देखि १ बजे सम्म सभा सम्बोधन गरेर प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद वास्तोलाले बताए । प्रधानमन्त्रीसंग सव स्टेशन उदघाटन कार्यक्रममा उर्जामन्त्री टोप बहादुर रायमाझि, महिला बालवालिका तथा जेष्ट नागरिक महिन्त्री जुली कुमारी महतो लगायतका मन्त्रीहरु पनि सहभागि हुने छन् । सवस्टेशनउदघाटन कार्यक्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत समेत सहभागि हुने छन् । प्रधानमन्त्री ओली धनुषा आउने भएप्छि सुरक्षा सतर्कता अपनाइएको छ ।

विशेष सुरक्षा योजना अन्र्तगत कार्यक्रम स्थाल र आसपासमा ४ सय नेपाल प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ढल्केबरमा कुल ४ सय र २ सय २० केभी क्षमताको सवस्टेसनमा ३ सय १५ एमभीए क्षमताका तीनवटा गरी ९ सय ४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर ढल्केबार सबस्टेशनमा हाल सञ्चालनमा रहेका नेपालका सबस्टेसनमध्ये सबैभन्दा ठूलो हो । सबस्टेसनमा जडान गरिएको ३ सय १५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न सकिएको छ । ढल्केबरबाट बिजुली आयात समेत गरिरहेको छ । माथिल्लो तामाकोशीको विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि देशभित्र नै खपत गर्न सकिन्छ ।

Comment


Related News

Latest News

Trending News