अपडेट 
२०७७ माघ १९, सोमबार १२:४९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतमा आइतबार निवेदन पेश गरिएकोमा सोमबार अदालत खुलेसँगै दर्ता भएको हो । यो मुद्धाको पेशी मंगलबार तोकिएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको (प्रचण्ड–माधव पक्ष) को कार्यक्रममा प्रचण्डले अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएको भन्दै निवेदन दर्ता भएको हो ।

अधिवक्ता समिर बलामीले न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै अवहेलनाको मुद्दा चलाउन निवेदन दिएका हुन् । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकले रिटमा जिकिर गरेका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, मीनबहादुर रायमाझी र अनुपराज शर्मा र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अवहेलनाको मुद्दा परिसकेको छ ।

यसअघि परेको अवहेलना मुद्दामा आफैं लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिइसकेको छ ।

Comment


Related News

Latest News

Trending News