अपडेट 
२०७७ माघ १९, सोमबार १५:३५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै अहिलेसम्मको ठूलो क्षमताको ढल्केबर सबस्टेसनको सोमबार ( आज) उद्घाटन गरेका छन् । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण गरिएको नेपालको पहिलो ४०० केभी सवस्टेसन र विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२०र१३२ केभी ढल्केबर सवस्टेसनको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

उक्त सवस्टेसनमार्फत देशको पूर्व–पश्चिम र नेपाल–भारतबीच करिब हजार मेगावाट विद्युत प्रसारण गर्नसकिने बताइएको छ । सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न भएको थियो। जीआईएस प्रविधियुक्त स्वचालित रहेको उक्त सबस्टेसन हाल सञ्चालनमा रहेकामध्ये नेपालकै सबैभन्दा ठूलो सबस्टेसन भएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताएका छन्।

प्राधिकरणले सुख्खायाममा नेपालमा विद्युतको उत्पादन कम भएको अवस्थामा ढल्केबर स्टेसनमार्फत थप १०० मेगावाट विद्युत ल्याउन सहज हुने बताएको छ । ७ सय मेगावाटसम्म भारतबाट आयात गरिँदै आएकोमा आवश्यक परे ८ सय मेगावाटसम्म विद्युत आयात गर्न सकिने भएको हो ।४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरूपमा खपत हुन नसकेको विद्युत निर्यात गर्न पूर्वाधार तयार भएको प्राधिकरणले बताएको छ । प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर–मुजफ्फपुर प्रसारणलाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिन्छ ।

Comment


Related News

Latest News

Trending News