अपडेट 
२०७७ माघ १९, सोमबार १६:०८

नेपालमा सोमबार थप १५९ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । त्यस्तै थप २६४ संक्रमित कोरोनामुक्त भएका छन् भने नेपालमा हालसम्म २ लाख ६६ हजार ६ सय जना निको भएका छन् । नेपालमा सोमबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण २ हजार २९ जनाको मृत्यु भइसकेको छ । हाल २४ सय ८९ जना आइशोलेशनमा छन् भने ९७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २० लाख ७५ हजार १५२ वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News