अपडेट 
२०७७ माघ १९, सोमबार १६:२५

संसद विघटन बिरुद्ध नेपाली काँग्रेस सप्तरीले सोमबार सदरमुकाम राजविराजमा बिरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक कदम चालेको भन्दै काँग्रेससहित सो पार्टीका भातृ संघसंगठनको संयुक्त अगुवाइमा प्रदर्शन गरिएको हो । स्थानिय राजरंगशालाको खेलमैदानबाट निस्केको जुलुसमा सहभागिा नेता कार्यकर्ताले असंबैधानिक कदम खारेज गर, सर्वसत्तावादी कदम मुर्दावाद, संसद विघटन धोका हो लगायतका नाराका साथै प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्को नाराबाजी गरेका थिए । प्रदर्शनपछि आयोजित सभालाई काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव, सचिव रामकुमार यादव, प्रदेशसभा सदस्य गिता यादव, पूर्व गृहराज्य मन्त्री रामकुमार चौधरी, यूवा नेता अर्जनु साह लगायतले सम्बोधन गर्दै आन्दोलनबाटै गलत कदम सच्याउन प्रधानमन्त्रीलाई बाध्य पार्ने चेतावनी दिए । प्रदर्शनमा महिलाहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News