अपडेट 
२०७७ माघ १९, सोमबार १९:२३

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई मधेश विरोधी भन्नेहरुले डोमको छोरालाई कांधमा उठाउन चुनौती दिएका छन ।

नेपालको पहिलो ४०० केभी सवस्टेसन र विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार सरकार नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२०र१३२ केभी ढल्केबर सवस्टेसनको सोमवार उद्घाटन गर्दै आरोप प्रत्यारोप लगाउनुभन्दा विकासको काममा साथ दिन आग्रह गरे । तपाई मधेश विरोधी भनेर नारा लगाउदै राख्नुस म चाहि पहाड फोडेर मधेशमा सिचाईका लागि कोशी ल्याउछु ,उनले भने,खोक्रा नारा नलगाएर विकासको काममा ध्यान लगाउनुस । पार्टी भित्रै खुटा तान्ने प्रवृति मौलाएको भन्दै ओलीले म हिडछु आफनै बाटो खुटा तान्नेले तान्दै गर भन्दै व्यंग गरेका थिए । उनले कमिलालाई काल आयो भने पखेटा पलाउछ यीनीहरुलाई पनि त्यस्तै आएको वताउदै आफनो किडनी फेल हुने आशमा उनिहरु खुसी थिए,पछियो मान्छेलाई पर्खिएर केहि हुनेवाला छैन भनेर अलग भए भनेर व्यंग समेत गरेका थिए । उनले भने,दुइचार जना जादैमा केहि संकट आउदैन देशलाई माया नगर्ने मान्छेहरु अलग हुदैमा केहि हुदैन ,बरु उहाहरु हटेपछि अब फेरि पार्टी निंद्राबाट व्युझीए जस्तो छ । उनले तोकिएकै मितिमा चुनाव हुने निश्चित भएको र त्यसबाट अन्य मिति पनि नसर्ने भएकाले तयारी थाल्न सवैलाई आग्रह समेत गरेका थिए ।

कार्यक्रममा मन्त्रीहरु टोप वहादुर रायमाझी,जुली महतो,प्रभु साह,प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतको उपस्थिती रहेको थियो । उदघाटन गरिएको सवस्टेशनबाट देशको पूर्व–पश्चिम र नेपाल–भारतबीच करिब हजार मेगावाट विद्युत प्रसारण गर्नसकिने बताइएको छ ।नेपाल विद्युत प्राधिकरणका अनुसार सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरेर आज सोमबार प्रधानमन्त्रीबाट उदघाटन गरिएको हो ।

Comment


Related News

Latest News

Trending News