नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल नेकपा समूह आधिकारिकताको माग गर्दै निर्वाचन आयोग जाने भएको छ ।
राजधानीमा सोमबार बसेको दाहाल–नेपाल समूहको चौथो केन्द्रीय कमिटी बैठकले आयोगले पार्टीलाई लेखेको पत्रको जवाफसहित आधिकारिकता दावी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । निर्वाचन अयाोगले पठाएको पत्रको जवाफ सहित पार्टीको आधिकारिकता दावी दाहाल–नेपाल समुह निर्वाचन अयाोगलाई पत्र लेख्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए । आयोगमा सहजीकरणका लागि पार्टीका तर्फबाट खटिएका प्रतिनिधि छिट्टै पत्र लिएर आयोग जाने छ, उनले भने । सरकारले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै दुई खेमामा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पुस पहिलो साता बसेको नेकपाको तेस्रो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट पदमुक्त गरी उक्त स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरेको थियो । नेकपाले अध्यक्षमा नेपाललाई चयन गरेपछि दलसम्बन्धी विवरण अद्यावधिक गर्न आयोगलाई पत्र लेखेको थियो ।
आयोगले दुवै पक्षले पठाएको विवरण कानूनसम्मत नभएको जनाई विवरण अद्यावधिक गर्न अस्वीकार गरेपछि दहाल–नेपाल समुहको बैठकले यसअघिको स्थायी कमिटीको प्रस्तावअनुसार प्रधानमन्त्रीे ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय अनुमोदन गरेको छ ।


