धनुषाको सबैला नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको नगरस्तरीय कार्यकर्ता भेला सोमबार सम्पन्न भएको छ ।
धनुषा जिल्ला सभापति रामचन्द्र यादवको अध्यक्षता तथा केन्द्रिय कार्य सम्पादन समितिका सदस्य कृष्ण प्रताप मल्लको प्रमुख आतिथ्यमा भएको भेलाबाट सबैला नपा ३९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । प्रशुराम कुवरको संयोजकत्मा गठन गरिएको तदर्थ समितिको सहसंयोजकमा इन्दिरा थापा र नागेन्द्र प्रसाद कापर चयन भएका छन् । यस्तै सदस्यहरुमा जयकिशोर राय, रामेश्वर यादव, श्याम सुन्दर साह, रामप्रसाद यादव, उत्तिमचन्द्र यादव, विशेश्वर ठाकुर, शंकर राय, जिवछ यादव, ठकन राय, मो. मोस्तकिम कवारी, शत्रुधन पजियार लगायतको रहेका छन् । भेलामा केन्द्रिय सदस्य मनोज मल्ल, प्रेक्षा मल्ल, जिल्ला उपाध्यक्ष मो. दाउद शेष, सचिव कमलेश कुमार मण्डल, कोषाध्यक्ष आनन्द कुमार साह, पुरुषोत्तम सापकोटा, पार्वती ेवी ठाकुर लगायतको उपस्थिति रहेको थियो ।


