२०७७ माघ २०, मंगलवार ०७:४०

लहान । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हातलमा संसद पुनःस्थापना नहुने बताएका छन् ।

सिरहा सदरमुकाममा सोमबार आयोजित तत्कालीन नेकपा एमालेका नेता शहीद हेमनारायण यादवको १७ स्मृतिसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले संसद स्थापना गराएर प्रधानमन्त्री बन्ने सपना देखेकाहरुले त्यो सपना नदेख्दा हुन्छ, उनले भने । संसद पुनःस्थापना गरी विभिन्न तिकडम गर्ने, जोडतोड गर्ने, सांसद खरिदविक्रि गरेर प्रधानमन्त्री बन्ने सपना देखेकाहरुको सपना पुरा नहुने प्रधानमन्त्री ओलीले बताए । पार्टी फूटाएर प्रधानमन्त्री बन्ने सपना देखेकाहरुको सपना पुरा हुदैन’, प्रधानमन्त्री ओलीले भने, ‘तोकिएकै समयमा निर्वाचन हुन्छ, प्रदेश नं. २ मा पहिलो चरण अन्तर्गत २०७८ बैशाख १७ मै चुनाव हुन्छ ।’ सम्वोधनकै क्रममा प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्तालाई चुनावको लागि तयारी गर्न निर्देशन दिए । उनले भने, ‘पार्टी एकतापछि ३ वर्षदेखि पार्टी÷कार्यकर्ताहरु अकर्मण्यताका शिकार भएका थिए, अव हामी स्पष्ट भईसकेका छौं, सक्रिय भएका छौं, अव आफ्नो योजना सहित चुनावमा जान्छौं ।’ अव चुनाव हुँदैन, संसदपुनःस्थापना हुन्छ भन्नेहरुको भ्रममा नफस्न पनि प्रधानमन्त्री ओलीले कार्यकर्तालाई आव्हान गरे ।

मन्तव्यकै क्रममा प्रधानमन्त्री ओलीले पुष्पकल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै अव रक्तपातपूर्ण आन्दोलनमा जनताले साथ नदिने बताए । उनले केही मान्छेहरु अव ‘भेज’ आन्दोलनले चल्नेबाला छैन भनिरहेका छन्, त्यो भनेको के चिकेन चिल्ली चाहियो भनेको हो ? भन्दै मान्छे मार्ने आन्दोलनमा जनताको साथ नरहने बताए । उनले भने, ‘ जनताले अव विकास, समृद्धी, सुशासन चाहेको छ, आदमखोर हरुलाई कसैले साथ दिनेवाला छैन ।’ आफूहरु जहिलेपनि देश विकास, समृद्धि र सुशासनको पक्षमा रहेको बताए । उनले यसअघि सोमबार नै धनुषाको ढल्केवरमा स्थापित विद्युत प्राधिकरणको सवस्टेशन उद्घाटन भएको सुनाउँदै अवको २ वर्षभित्र देशले विद्युत अभाव झेल्नु नपर्ने बताए । उनले आफ्नो सरकारको पालामा विकासका धेरै गतिविधिहरु भएको भन्दै अव चाँडै सुनकोशी कमला डाइभर्सन शिल्यान्यास हुने पनि सुनाए । उनले भने, ‘हामीलाई तराइका भूमिलाई सिंचाईको जरुरी छ भन्ने राम्रो सँग थाहा छ, अव यहाँको भूमि सिंचाईको लागि अव चाँडै सुनकोशी कमला डाइभर्सन शिल्यान्यास हुन्छ ।’ स्मृती सभामा मन्त्री टोपवहादुर राईमाझीले आफ् नो मन्तव्य ओलीपक्षमा लागेको विषयमा खर्च गरे । उनले आफू विकास, समृद्धि, शान्ति र सुशासनको पक्षमा रहेको र त्यसको लागि प्रधानमन्त्री उपयुक्त पात्र भएको जिकिर गरे ।

स्मृति कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साह, कानून मन्त्री लिलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो, नेता रघुवीर महासेठ लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News