अपडेट 
२०७७ माघ २०, मंगलवार ०९:४२

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दामा आज सुनुवाई हुँदैछ ।

नेपाल ल क्याम्पसमा अध्यय्नरत समीर हायूले आइतबार अपहेलना मुद्दा दायर गर्नुभएको हो । प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई दाहालले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी गर्दै उहाँले अदालतको अवहेलना मुद्दामा निवेदन दायर गर्नुभएको हो । हाल प्रतिनिधिसभा विघटनपछि सो सम्बन्धी मुद्दाहरू सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छन् । विचाराधीन अवस्थामा रहेको मुद्दामाथि धारणा राख्ने क्रममा अदालतलाई गम्भीर रूपमा प्रहार गरेको, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि अपमानपूर्ण भाषा प्रयोग गरेको दाबीसहित प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा छ ।

प्रधानमन्त्री ओलीलाई उक्त मुद्दामा सात दिनभित्रमा लिखित जवाफ पेस गर्न न्यायाधीश डा.मनोजकुमार मिश्रको एकल इजलासले आदेश लिएको छ । सोही इजलासले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई पनि अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ ।

Comment


Related News

Latest News

Trending News