अपडेट 
२०७७ माघ २०, मंगलवार १६:५८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने दाबी गर्नुभएको छ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै मिलेर चुनावमा जाने पनि उहाले बताउनुभयो । रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अध्यक्षद्धय ओली र प्रचण्ड मिलेर नै चुनावमा जाने दाबी गर्नुभयो । उहाले आफूहरुलाई अदालत र निर्वाचन आयोग दुवैको निर्णय मान्य हुने भन्दै तोकिएकै मितिमा निर्वाचन हुने ठोकुवा गर्नुभयो । नेकपा एकता हुँदा बखत नै सही तवरले नभएको उहाको भनाई छ । आफ्नो पार्टीको सरकारले धेरै राम्रो काम गर्दापनि त्यसको सही व्याख्या र जनतामा प्रचारप्रसार गर्नुभन्दा पनि यो सरकारले केही गर्न सकेन् भनेर आफ्नै पार्टीका साथीहरु लागेको पनि उहाले आरोप लगाउनुभयो । महासेठले निर्वाचन आयोगले जे निर्णय दिन्छ त्यो पनि आफूहरुले मान्ने दाबी गर्नुभयो ।

साक्षात्कारमा कांग्रेसका प्रभावशाली नेता शंकर भण्डारीले प्रतिनिधिसभा विघटनका सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला/निर्णय आफूहरुलाई स्विकार्य हुने स्पष्ट पार्नुभयो । उहाले नेकपाले जनमतको अपमान गरेको पनि आरोप लगाउनुभयो । त्यस्तै जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता राजकिशोर यादवले नेकपाको आन्तरिक कलहले गर्दा देश अहिले विषम परिस्थितिबाट गुज्रिएको टिप्पणी गर्नुभयो । पूर्वमन्त्रीसमेत रहेका यादवले अहिलेको घट्नालाई राजनीतिक विकासक्रमलाई गम्भीरतापूर्वक लिनुपर्ने पनि जोड दिनुभयो । यादवले संसद पूनःस्थापना हुन्छ भनेर अहिले कसरी भन्न सकिन्छ ? भन्दै आफूहरु अदालतको निर्णयको प्रतिक्षामा रहेको उल्लेख गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News