२०७७ माघ २०, मंगलवार १९:३७

आइएमई वैंकले कोभीड महामारीको चपेटामा परि वैदेशिक रोजगारीमा काम गर्दा गर्दै मृत्युवरण गरेका प्रदेश २ का १५ जना परिबारलाई आर्थिक सहयोग गरेको छ ।

आइएमइले भरोशा कोश अन्तरगत प्रभावित भएका प्रदेश २ का १५ जना परिवारलाई ५८ हजार ८ सय २३ रुपैया ५० पैसा गरि प्रत्येक जनाका परिवारलाई आर्थिक सहयोग गरेको हो ।मंगलवार जनकपुरधाममा आयोजीत एक कार्यक्रमका विच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रभावितका परिवारलाई चेक वितरण गरेका थिए । चेक हस्तान्तरण पश्चात बोल्दै मुख्यमन्त्री राउतले प्रभावितहरुको घाउमा मल्हम लगाएको प्रति धन्यवाद व्यक्त गर्दै वैदेशिक रोजगारीमा सबैभन्दा बढि प्रदेश २ बाटनै गएको र यो संख्यालाई घटाउनका लागि प्रदेश सरकारले आफनै प्रदेशमा रोजगारी सृजना गरेको अवस्था मिलाईरहेको जानकारि दिए । उनले प्रदेशमा लगानी गर्ने उद्योगीहरुको २० वर्ष सम्मको कर छुटको घोषणा भइसकेको वताउदै रोजगारीका वतावरण मिलाउनका लागि प्रदेश सरकार गम्भीर रहेको वताए ।

कार्यक्रममा आइएमई संग जुडेका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News