अपडेट 
२०७७ माघ २१, बुधबार ०७:४९

जनता समाजवादी पार्टी, नेपालले माघ २९ गतेभित्र जिल्ला, पालिका र वडाहरु समायोजन गर्न केन्द्रिय सदस्य, प्रदेश, राष्ट्रिय र जिल्ला समितिहरुलाई परिपत्र गरेको छ । साउन २१ देखि २४ गतेसम्म बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले यसअघि मंसिर मसान्तसम्म पार्टी समायोजन गर्ने समयसीमा तोकिएको थियो ।

तर, मंसिर मसान्तसम्म समायोजन हुन नसकेपछि पार्टीका कार्यकर्ताहरु अन्यौलमा परेका छन् । तत्कालीन राष्ट्रिय जनता दल(राजपा) र समाजवादी पार्टी(सपा) एकीकरण भएर जनता समाजवादी पार्टी, नेपालको गठन गरेको छ । केन्द्रिय समिति समायोजन भएपनि प्रदेश, जिल्ला, पालिका र वडा समितिहरु हुन सकेको छैन् । पार्टी समायोजन गर्नको लागि सहजकर्ता कार्यदल गठन गरेको छ । पूर्व झापादेखि पश्चिम कंचनपुर जिल्लासम्म पार्टी समायोजन गर्न तत्कालीन राजपा र सपा पक्षका नेताहरु सम्मिलित कार्यदल गठन गरिएको हो । झापामा पूर्व राजपाबाट मोहितलाल कामती, विश्वनाथ राजवंशी, सुर्यनारायण गणेश, अनुत राजवंशी र देवेन्द्र ढुंगाना रहेका छन् भने पूर्व सपाको तर्पmबाट शंकर प्रसाद राजवंशी, प्रविण कुमार राई, पृथ्वीनारायण कार्की, रामचन्द्र लिम्बु, प्रेमकुमार थाम्सुहाङ र मानबहादुर राई रहेका छन् । मोरंगमा पूर्व राजपाबाट मो. कादिर, चन्द्रप्रसाद राजवंशी, हिरालाल मण्डल, रामलाल सुतिहार र पूर्व सपाबाट युवराज कार्की, रामविलास यादव, संजय कुमार सिंह र जयराम यादव रहेका छन् । सुनसरीमा पूर्व राजपाबाट संतोष मेहता, मनिष रौनियार र हंषा साह रहेका छन् भने पूर्व सपाबाट परशुराम बस्नेत, दिपक कुमार मेन्याङवो र हरिगोविन्द यादव रहेका छन् ।

सप्तरीमा पूर्व राजपाबाट मृगेन्द्र सिंह यादव, नवल किशोर साह, मनिष कुमार सुमन, केशव झा, राजकुमार लेखी, जयप्रकाश ठाकुर र प्रा. अमरकान्त झा रहेका छन् भने पूर्व सपाको तर्पmबाट रेणु कुमारी यादव, शैलेन्द्र प्रसाद साह, अनिरुद्ध ्रसाद सिंह, शैलेश चौधरी, सुर्यनाथ प्रसाद यादव, विनोद कुमार चौधरी र उमेश प्रसाद यादव रहेका छन् । सिरहामा पूर्व राजपाबाट राजकिशोर यादव, निर्जला राउत, सुरेन्द्र झा, सुरेश मण्डल, रोहित महतो र रामकुमार मण्डल रहेका छन् भने पूर्व सपाबाट प्रकाश अधिकारी, विजय कुमार यादव, रामरिझन यादव, अशेश्वर यादव, सत्रुधन प्रसाद सिंह कोइरी र विजय कुमार राय दनुवार रहेका छन् । धनुषामा पूर्व राजपाबाट वृषेशचन्द्र लाल, उमाकान्त झा, गजाधर यादव, संजय सिंह, डा. विजय कुमार सिंह र ज्ञानेन्द्र झा रहेका छन् भने पूर्व सपाबाट प्रा.डा. रामस्वार्थ राय, महाजन यादव, दीपक कार्की, उर्मिला देवी साह, बेचन मुखिया र रामगोविन्द यादव रहेका छन् । महोत्तरीमा पूर्व राजपाबाट शरतसिंह भण्डारी,सुनिल रोहित, सुरितासाह, अभिराम शर्मा र पूर्व सपाबाट हरिनारायण यादव, तेजनारायण यादव, डा. शिवजी यादव, नागेन्द्र प्रसाद यादव र लिलाहरी खतिवडा रहेका छन् । सर्लाहीमा पूर्व राजपाबाट महेन्द्र राय यादव, चन्दा चौधरी, प्रमोद साह र राकेश मिश्र रहेका छन् भने पूर्व सपाबाट उदयकान्त मिश्र, अशोक सिंह कोइरी, संजय यादव र रविन्द्र यादव रहेका छन् रौतहटमा पूर्व राजपाबाट अनिल कुमार झा, गोविन्द चौधरी र अजय गुप्ता रहेका छन् भने पूर्व सपाबाट रामकिशोर प्रसाद यादव, रेवन्त झा, विश्वनाथ पटेल र योगेन्द्र राय यादव रहेका छन् । बारामा पूर्व राजपाबाट जितेन्द्र सोनल, रमेश यादव, रामकिशोर यादव, डा. कमरुल्ला अन्सारी र संजय यादव रहेका छन् र पूर्व सपाबाट रामसहाय प्रसाद यादव, प्रमोद प्रसाद गुप्ता, आत्माराम प्रसाद साह, चुमनबाबु केवट, रामबाबु प्रसाद यादव र सुशिला यादव रहेका छन् ।

पर्सामा पूर्व राजपाबाट लक्ष्मण लाल कर्ण, रमेश पटेल, राजेशमान सिंह र रम्भा मिश्र रहेका छन् भन् पूर्व सपाबाट लालबाबु राउत, प्रदिप यादव, हरिनारायण प्रसाद रौनियार, विरेन्द्र यादव र बालकिशोर यादव रहेका छन् । यस्तै चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कंचनपुर जिल्लामा पनि पूर्व राजपा र सपाका नेताहरु सम्मिलित कार्यदल गठन गरिएको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । कार्यदलले पार्टी समायोजनमा सहजीकरण गर्ने भएका छन् । पूर्व राजपा र सपाका नेताहरुबीच सहमति गराएर पार्टी समायोजन गर्न परिपत्र गरिएको छ । पार्टीको विधान, समायोजन निर्देशिका २०७७ र केन्द्रिय कार्यकारिणी समितिका निर्णय अनुसार समायोजन गर्न निर्देशन गरिएको छ । जिल्लाहरुमा पूर्व राजपा र सपाका जिल्ला समितिका तर्पmबाट समान संख्यामा पदाधिकारीहरु बसेर एकआपसमा सहमति एवम् समझदारीको आधारमा समायोजन गर्न भनिएको छ । तर, सहमति हुन नसकेमा अघिल्लो संघीय प्रतिनिधिसभाको निर्वाचनमा पूर्व पार्टीहरुले सम्बन्धित जिल्लामा प्राप्त गरेको प्रत्यक्ष र समानुपातिक मत जोडेर प्राप्त हुने मत संख्या बढी भएको पार्टीको तर्पmबाट अध्यक्ष पद पाउने भएको छ ।

महिला, शिल्पी÷दलित र अल्पसंख्यक तथा सिमान्तकृत लगायतको समुदायहरु समावेशी हुने गरी समायोजन गर्न परिपत्र गरिएको छ । जिल्लामा रहेका केन्द्रिय सदस्यहरुले एकआपसमा समन्वय गरी जिल्ला स्तरीय समितिहरु समायोजन गर्न सहजकर्ताको रुपमा सहयोग गर्न केन्द्रले भनेको छ । जसपाले संसद विघटन विरुद्ध आन्दोलनको कार्यक्रमलाई पनि अगाडी बढाउने भएको छ । केन्द्रिय निर्देशन अनुसार जिल्लाहरुमा आउँदो माघ २३ गते जनप्रदर्शन, २५ गते पुतला दहन र २८ गते मसाल जुलुश प्रदर्शन गर्ने भएको छ ।

जिल्ला, संसदीय निर्वाचन क्षेत्र, पालिका र वडाहरुमा समेत संयुक्त रुपमा विरोध कार्यक्रमहरु गर्न केन्द्रले परिपत्र गरेको छ ।

Comment


Related News

Latest News

Trending News