अपडेट 
२०७७ माघ २१, बुधबार ०७:५७

जनता समाजवादी पार्टी नेपाल (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमा सबै क्षेत्रका जनतका अपनत्व हुनुपर्ने बताउनुभएको छ ।

सो पार्टीको जिल्ला समन्वय समिति मोरङद्वारा मंगलवार यहाँ आयोजित अगुवा कार्यकर्ता भेलामा उहाँले पहाड, हिमाल र तराईमा बसोबास गर्ने सबै नागरिकको समानुपातिक समावेशी केन्द्रित संविधान हुनुपर्नेमा जोड दिनुभयो । वरिष्ठ नेता महतोले संसद् पुनःस्थापना र निर्वाचनबाट जनताका समस्या समाधान नहुने उल्लेख गर्दै जनताको अधिकार स्थापित गर्न मुलुकमा सुशासन कायम हुनुपर्ने र आर्थिक समृद्धिका लागि संविधान संशोधन नै स्थायी समाधान रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले स्वार्थ र कुर्सीको लडाइँका कारण संसद् विघटन भएको उललेख गर्दै विगत ७० वर्षको अवधिमा जनताको भन्दा प्रमुख राजनीतिक दलका नेतृत्वको स्वार्थका कारण सात वटा संविधान आएको बताउनुभयो । पार्टीका कार्यकारी सदस्य युवराज कार्कीले संसद् विघटनले विधिको शासन उल्लङ्घन भएको बताउनुभयो ।

पार्टीका जिल्ला अध्यक्षद्वय राजकुमार यादव र मोहम्मद कादिरलगायतले जसपा प्रगतिशील र नविन सोच भएको पार्टी हो भन्दै समानुपातिक समावेशीका सवालमा पार्टी गम्भीर रहेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News