अपडेट 
२०७७ माघ २१, बुधबार ०८:१३

रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर २ महादेवपट्टीबाट सशस्त्र प्रहरीका गस्ती टोलीले लागूऔषध गाँजा र कोरेक्ससहित मंगलबार एक जनालाई पक्राउ गरेको छ ।

चोर बाटो भएर भारततर्फ जादै गरेको अवस्थामा ड्यूटीमा रहेको टोलीले चेकजाँच गर्दा कोरेक्सको १५ वटा सिसि र १० ग्राम लागूऔषध गाँजा फेला परेपछि रौतहट जिल्लाक गरुडा नगरपालिका निवासी २८ वर्षीय मोहमद फरमानलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल बीओपी गौर भन्सारका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिमल बनियाले जानकारी दिए ।

पक्राउ परेका फरमानको साथबाट लागूऔषध गाँजा १० ग्राम, मोबाइल २ वटा , बैंकका कागजात , लाइसेन्स , नागरिकता बरामद भएको जनाइएको छ । फरमानलाइ कार्यवाही गर्नको लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक बनियाले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News