अपडेट 
२०७७ माघ २१, बुधबार ०८:१७

प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयले मधेश आन्दोलनका शहीद परिवारलाइरोजगारी उपलब्ध गराएको छ ।

आन्दोलनका शहीद परिवार मध्ये ११ जनालाई भौतिक पूर्वाधार विकास मन्त्रालयले रोजगारी उपलब्ध गराएको हो । मधेश आन्दोलनमा शहीद भएकाहरुको परिवारलाई रोजगारी उपलब्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता अनुसार करारमा नियुक्त भएकाहरुलाई मन्त्रालयका सचिव रामआधार साहले मंगलबार शहीद परिवारलाई नियुक्त पत्र दिएका थिए । शहिद परिवारका सदस्यको योग्यता अनुसार रोजगारी दिइएको भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलकास्वकीय सचिव रमेश सर्राफले बताए । मन्त्री सोनलले थप शहीद परिवारलाई स्थायी रुपमा जागिरको व्यवस्थापनका लागिपहल गरिरहेको बताएका छन् ।

भौतिक मन्त्रालयबाट पर्साका विरबल मुखियाको परिवारमा सुखारी मुखिया, सिरहाका राजेश कुमार ठाकुरका श्रीमति रिना कुमारी ठाकुर, रघु साफीको परिवारमा लक्ष्मण रजक, धनुषाका ब्रहमदेव बरहीका परिवारका फुलोदेवी बरहीलाई करारमा नियुक्त गरिएको छ । भौतिक मन्त्रालय अन्तर्गत विभिन्न जिल्लामा रहेको कार्यालयहरुमा उनीहरुलाई रोजगारी दिइएको हो । अन्य शहीदका परिवारहरुमा कतिपयको नागरिकता लगायतका कागजात नभएकोले प्रक्रियामा रहेको सर्राफले बताए ।

Comment


Related News

Latest News

Trending News